Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
झुपडीमा पुगेर अपाङ्गता परिचयपत्र वितरण – Gaule Khabar

झुपडीमा पुगेर अपाङ्गता परिचयपत्र वितरण

झुपडीमा पुगेर अपाङ्गता परिचयपत्र वितरण

रामपुर (पाल्पा), माघ १२ –

महिला तथा बालबालिका कार्यालय पाल्पाले झुपडीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

गरिबीको चपेटामा आफन्तको बेसाहारामा बाँचेका चापपानी गाविस–९ का अपाङ ५० वर्षीय बमबहादुर घर्तीको झुपडीमा पुगेर कार्यालय प्रमुख तुलसा अर्यालले अपाङ्गता परिचयपत्र प्रदान गर्नुभयो ।

परिचयपत्र प्रदान गर्दै अधिकृत अर्यालले परिचयपत्र पाउनुपर्ने व्यक्तिलाई यसरी घरमै आएर परिचयपत्र प्रदान गर्न पाउ“दा आफूलाई पनि खुसी लागेको बताउनुभयो ।

अपाङ्गता परिचयपत्र पाएपछि घर्तीले खुसी व्यक्त गर्नुभयो । दुईवर्ष अगाडिदेखि पक्षघात रोगले ग्रसित बन्नुभएका घर्तीको आफन्त कोही छैनन् । उहाँ गाउँको झुपडीमा एक्लै बस्दै आउनुभएको छ ।

उहाँले अपाङ्गता परिचयपत्र नबेका कारण सरकारी सेवा सुविधाबाट वन्चित हुनुभएको छ । इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा घर्तीले अपाङ्गता परिचयपत्र पाउनुभएको हो । अब घर्तीले मासिक अपाङ्गता भत्ताबापत रु दुई हजार रकम पाउने गाविस सचिव मनिसा रोकाहाले बताउनुभयो ।

परिचयपत्र पाएपछि उहाँले भन्नुभयो, “मैले न्याय पाए, पक्षघातका कारण दुई वर्ष अघिदेखि देबे्र तर्फको भाग चल्न छोडेपछि म बेसाहारा भएर झुपडीमा बाँचिरहेको छु” ।

आफन्त कसैको साहारा नपाएका घर्तीलाई गाउँका छिमेकीले झुपडी बनाएर राखिदिएका छन् । उहाँकी श्रीमती छैनन् भने दुई छोरा काठमाडाँैको अनाथालयमा बसेर पढ्दै आएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका