Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधनले मधेसको भावनाको कदर हु्न्छ – देउवा – Gaule Khabar

संविधान संशोधनले मधेसको भावनाको कदर हु्न्छ – देउवा

संविधान संशोधनले मधेसको भावनाको कदर हु्न्छ – देउवा

नेपालगन्ज, माघ ११-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गर्नुभएको छ । त्यस अवसरमा उहाँले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उहाँले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गर्नुभयो ।

निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प हो भन्नुभयो । काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन् भन्नुभयो । जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका