Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कुक तथा वेटर तालिम सकियो – Gaule Khabar

कुक तथा वेटर तालिम सकियो

कुक तथा वेटर तालिम सकियो

चितवन, माघ ८–

जिल्ला विकास समिति चितवनको सहयोगमा चितवन पर्यटन विकास समितिले आयोजना गरेको कुक तथा वेटर तालिम शनिबार सकिएको छ ।

भरतपुरमा आयोजित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला विकास समिति चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले ज्ञान, सीप र क्षमता हुनेहरु बेरोजगार बस्न नपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष दिलिप मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिविसका अधिकृत प्रकाशचन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । दुईहप्ते तालिममा कुकतर्फ २० र वेटर वेट्रेसतर्फ २० जना सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका