Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कुञ्जोको जंगलमा भीषण आगलागी – Gaule Khabar

कुञ्जोको जंगलमा भीषण आगलागी

कुञ्जोको जंगलमा भीषण आगलागी

मुस्ताङ,माघ ८ –

मुस्ताङको कुञ्जो गाविसको जङ्गलमा शुक्रबार दिउँसोदेखि लागेको भीषण आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

वन संरक्षण व्यवस्थापन कुञ्जोले उपभोग गर्दै आएको पाङ जङ्गलमा लागेको आगो दुई दिनदेखि नियन्त्रण बाहिर छ । आगलागी हुने बित्तिकै स्थानीय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रतिनिधिले नियन्त्रणमा लिने प्रयास गरे पनि सफल हुन नसकेको एक्याप व्यवस्थापन समिति, कुञ्जोका अध्यक्ष गणेश थकालीले जानकारी दिनुभयो ।

आगो फैलिँदै जाँदा जङ्गल नजिकै रहेको झिप्राको दलित बस्ती समेत जोखिममा परेको उहाँले बताउनुभयो । “त्यहाँका सर्वसाधारण भने सुरक्षित स्थानमा गइसक्नुभएको, कुनै त्यस्तो जोखिम छैन”, उहाँले भन्नुभयो । स्थानीयको प्रयास सफल नभएपछि उनीहरुले इलाका प्रहरी कार्यालय, लेतेलाई खबर गरेका थिए ।

“शुक्रबार बेलुकी नै प्रहरीको टोली घटनास्थल पुगे पनि आगो नियन्त्रणमा आउन सकेको छैन”, एक्यापकी वन रेञ्जर धनु गुरुङले भन्नुभयो, “आज बिहान जिल्लाबाट थप टोली आएर त्यसलाई नियन्त्रणको प्रयास हुनेछ ।”

उहाँका अनुसार प्रहरीका साथमा नेपाली सेना पनि आगो नियन्त्रणका लागि घटनास्थल जाने तयारी भइरहेको छ । आगलागीको कारण पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका