Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धुलाम्मे सडकले स्थानीयबासी बिरामी – Gaule Khabar

धुलाम्मे सडकले स्थानीयबासी बिरामी

धुलाम्मे सडकले स्थानीयबासी बिरामी

जाजरकोट,माघ ८ –

यहाँका कच्ची तथा धुलाम्मे सडकको छेउछाउका स्थानीयबासी बढी बिरामी हुने गरेका छन् ।

जिल्लाको खलङ्गा पाँचकाटिया सडक, छेडा–मोर्क सडक, जाजरकोट–डोल्पा सडकखण्डको छेउछाउमा घर बनाएर बसोबास गरेका स्थानीय बढी बिरामी हुने गरेका छन् । हावाहुरी तथा गाडी चल्दा धुलो घरभित्र पसेर यहाँका स्थानीयको स्वास्थ्यमा समस्या हुने गरेको छ ।

जिल्लाका स्वास्थ्य संस्थामा उपचार गर्न आउने अधिकांश बिरामी सडकको छेउछाउमा बस्ने रहेका जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । धुलोका कारण श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको पाइएको छ । धुलोका कारण स्वास्थ्यमा मात्र समस्या नभई कपडा, खाना समेत दैनिक फोहर हुने गरेका छन् ।

यहाँका सडकमा पिच नहँुदा धुलैधुलो भएको हो । सडकले सेवा मात्र ल्याएन, सँगै धुलो पनि ल्याएर आएको र यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ ।

कच्ची सडकमा जोखिमपूर्ण यात्रासँगै यसले मानवीय जीवनमा ठूलो क्षति पु¥याएको छ । छिन्चु–जाजरकोट खण्ड मात्र पिच गरिएको छ । यहाँका अधिकांश गाउँमा समेत कच्ची सडक निर्माण गरी यातायातका साधन सञ्चालनमा ल्याइएका छन् ।

कच्ची सडकमा यातायात सञ्चालन गर्दा धुलाम्मे हुँदा सडक छेउछाउमा बस्ने स्थानीयको खानेकुरा, कपडालगायतका वस्तु फोहर हुने गरेको छ । जाजरकोट–डोल्पाको मुख्य सडकमा समेत पिच नहुँदा स्थानीयले दैनिक धुलो खानुपरेको खगेनकोटका नेत्र बिसीले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका