Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदै – Gaule Khabar

एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदै

एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदै

पोखरा,माघ ७ –

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ आँैं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २५ हजार र रु चार हजार पाउने छन् ।

सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ब्ह्लिचियर प्रतियोगिता पनि आयोजना गरिनेछ ।

पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु सात, पाँच र तीन तथा ब्ह्लिचियरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन, दुई र एक हजार रुपैयाँ पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनुभयो ।

पोखराको पर्यटकीय प्रवद्र्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

मञ्चका अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले कम्पनीले प्रतियोगिता सञ्चालनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका