Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अजय देवगणको नाम लिँदै एक फ्यानले आत्महत्या गर्न खोजेपछि – Gaule Khabar

अजय देवगणको नाम लिँदै एक फ्यानले आत्महत्या गर्न खोजेपछि

अजय देवगणको नाम लिँदै एक फ्यानले आत्महत्या गर्न खोजेपछि

माघ, ७ –

कलाकारका फ्यान थरीथरीका हुन्छन् । बलिउड अभिनेता अजय देवगणका एक फ्यानले हालै अनौठो चर्तिकला देखाएका छन् ।

जिल्ला प्रशासनसँग अजयलाई भेट्न पाउँ भन्ने माग राखेका राजस्थानका समसाद नामक एक फ्यानले इनारमा झुण्डिएर आत्महत्या गर्न खोजे । मानिसहरुले बल्लतल्ल उनलाई इनारबाट बाहिर निकाले । तर उनले अजयलाई भेट्न नपाए आत्महत्या गरेरै छाड्ने धम्कि दिइरहे । जिल्ला प्रशासनले उनलाई अजयसँग भेट गराइदिने बाचा गरेको छ ।

यो खबर सुनेपछि अजय पनि आफ्ना डाइ हार्ड फ्यानसँग भेट्न तयार भएका छन् । उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखे, ‘म सुटिङका लागि जोधपुर आउँदैछु, आशा छ त्यहीँ तिमीसँग मेरो भेट हुनेछ ।’

अजयलाई आफ्नो फ्यान क्लवमार्फत समसादको विजषयमा थाहा भएको थियो । समाचार अनुसार अजय २० जनवरीमा आफ्ना फ्यानलाई भेट्न राजस्थान जाँदैछन् । – एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका