Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भतिजी बलत्कार गरेको आरोपमा काका पक्राउ – Gaule Khabar

भतिजी बलत्कार गरेको आरोपमा काका पक्राउ

भतिजी बलत्कार गरेको आरोपमा काका पक्राउ

चितवन , माघ ६
पूर्वीचितवनको भण्डारामा आफ्नै भतिजी करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । राप्ती नगरपालिका ७ मुडाभारकी ६ बर्षिया बालिकालाई उनको आफ्नै काकाले जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

एउटै घरमा बस्ने ती बालिकालाई मंगलबार राती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय भण्डाराले बालिकाको काकालाई पक्राउ गरेको हो । पक्राउ परेका १६ बर्षिय युवालाई थप अनुशन्धान तथा कारबाहीको लागी ईलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा राखिएको छ । पिडित बालिकाको बुवा भारतमा रहेको र आमाले अर्को बिहे गरेर गएकोले उनी आफ्नै हजुरबुवा , हजुरआमा , फुपु र काकाको साथमा एउटै घरमा बस्दै आएकी थिईन् ।

गाँउका स्थानीयले घटना थाहा पाएर महिला अधिकारकर्मीलाई खबर गरेको र उनीहरुको पहलमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । बालिकालाई अहिले उद्धार गरी भरतपुरको एक संरक्षण केन्द्रमा सुरक्षित साथ राखिएको र थप अनुशन्धान भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक घजिन्द्र बहादुर कार्कीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका