Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कांग्रेस नेता शेरबहादुरको निधन, खुमबहादुरलाई पारिवारिक शोक – Gaule Khabar

कांग्रेस नेता शेरबहादुरको निधन, खुमबहादुरलाई पारिवारिक शोक

कांग्रेस नेता शेरबहादुरको निधन, खुमबहादुरलाई पारिवारिक शोक

काठमाडौं, माघ ६ –

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका दाई एवम् प्रजातन्त्र सेनानी शेरबहादुर खड्काको निधन भएको छ ।८३ वर्षीय खड्काको बाँकेको कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएको हो । खड्काको अन्तिम दाहसंस्कार भने बुधबार दाङको देउखुरी सतवरियास्थित राप्ती नदीमा गरिएको कांग्रेस सांसद पार्वती डिसी चौधरीले जानकारी दिइन् ।

खड्का सवपरिवार सतवरिया गाविसको गोजेनामा बसोबास गर्दै आएका थिए । उनले दाङको कांग्रेस राजनीति गर्दै आएका थिए ।खड्कालाई अन्तिम श्रद्धाञ्जलि दिन कांग्रेसका केन्द्रीय सदस्यद्वय डा.मीनेन्द्र रिजाल र पावर्ती डिसी चौधरी डिसी, दाङ कांग्रेसका सभपाति कीर्तिबहादुर खड्का गोजेनास्थित निवासमा बुधबार पुगेका थिए ।

खुट्टा नलाग्ने समस्याबाट पीडित खड्का ट्वाइलेटमा लडेर घाइते भएका हुन् । घाइते भएपछि खड्कालाई तत्काल कोहलपुर मेडिकलमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।खड्काका दुई छोरा र पाँच छोरी छन् । खड्काका दुई पत्नी हुन् । जेठी पत्नीका निधन भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका