Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने : भारतीय राजदूत – Gaule Khabar

नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने : भारतीय राजदूत

नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने : भारतीय राजदूत

नेपालगन्ज,माघ ४ –

भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताउनुभएको छ ।

नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको आज शिलान्यास गर्दै उहाँले भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युत्, वैकल्पिक ऊर्जा र पूर्वाधार विकासमा लगानी बढाइरहेको जानकारी दिनुभयो ।

नेपालको विकास प्रयासमा भारत सधैँ सकारात्मक रहेको पनि उहाँले बताउनुभयो । दुई देशबीचको पारस्परिक सम्बन्धलाई सानोतिनो मतभेदले कमजोर बनाउन नसक्ने उहाँको भनाइ थियो ।

सो अस्पतालका अध्यक्ष रतनकुमार टण्डनका अनुसार, भारतीय राजदूतावासको रु पाँच करोड र बाँके जिल्ला विकास समितिको रु ९५ लाखसहित रु पाँच करोड ९५ लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।

भवनमा १०० श्ययासहितको जनरल वार्ड, चार शल्यक्रिया कक्ष, बिरामी क्याबिनको निर्माण र अस्पताल क्षेत्रको सडक कालोपत्र गरिने छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका