Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’ – Gaule Khabar

एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’

एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’

कोहलपुर (बाँके),माघ ४ –

बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ । कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले आज बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।

“अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त रोग रगत परीक्षणका क्रममा टिटिहिरीया गाविसका युवामा बढी देखियो,” डा पाण्डेले भन्नुभयो, “जाँच गराउन आउने धेरैलाई यो रोगका विषयमा जानकारी नहुँदा हातदुख्ने खुट्टा दुख्नेलगायतका औषधि सेवन गरिरहेको हामीले पायौँ, बिरामीलाई बताइएको लक्षणअनुसार रगत परीक्षण गर्दा एउटै गाविसका विभिन्न वडाका थारु समुदायका युवामा सिकल सेलको जिवाणु भेटियो ।”

शिविरमा स्त्री रोग, छाला सम्बन्धी रोग, मद्युमेह, आँखा, साधारण चिकित्सा, हाडजोर्नी तथा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी पनि स्वास्थ्य परीक्षणका लागि आएको नेपाली सेनाका चिकित्सक सह–सेनानी डा विश्वराजबहादुर कुँवरले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्ज मेडिकल कलेज, नेपाल नेत्रज्योति सङ्घ फुल्टेक्रा शाखा, नेपाल औषधि बिक्री प्रबन्ध सङ्गठनलगायतका संस्थाको सहयोगमा सञ्चाललित शिविरमा स्थानीयवासीले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।

विसं।२०२२ कात्तिक ७ गते स्थापना भएको राष्ट्रिय सेवा दलले बाँकेसहित देशभरका विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्र तथा छात्रालाई व्यक्तित्व विकास र सैनिक ज्ञान दिइरहेको छ ।

सोहि तालिम अन्तर्गत कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले एनसीसी क्याडेट छात्र छात्रालाई दिइने तालिममध्ये मेडिकल क्याम्पमा कसरी स्थानीय नागरिकलाई सहयोग गर्ने, सामाजिक चेतना जगाउने भन्नेबारे शिविर आयोजना गरिएको क्याम्प संयोजक सेनानी हेमन्तकुमार थापाले बताउनुभयो ।

शिविरमा आठ सय पचास महिला, पुरुष र बालबालिका सहभागी थिए । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका