Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भण्डाराको कोकोनट रेष्टुरेण्टबाट सात जना पक्राउ – Gaule Khabar

भण्डाराको कोकोनट रेष्टुरेण्टबाट सात जना पक्राउ

भण्डाराको कोकोनट रेष्टुरेण्टबाट सात जना पक्राउ

चितवन , माघ ३
पूर्वीचितवनको राप्ती ६ भण्डारा मा रहेको कोकोनट रेष्टुरेण्टबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रामेश्वर त्वाती को नेतृत्वमा खटिएको प्रहरी टोलीले २ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेको हो ।

रेष्टुरेण्टमा अश्लील क्रियाकलाप हुने गरेको सुचनाको आधारमा आइतबार राती छड्के चेकजाँचको लागी गएको प्रहरी टोलीमाथी आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नासाथ रेष्टुरेण्टमा रहेकाले प्रहरीमाथी आक्रमण गरेको र त्यसपश्चात् गएको थप प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक घजिन्द्र बहादुर कार्कीले जानकारी दिए । उनीहरुलाई आज नै म्याद थप गरी अनुसन्धान भईरहेको कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका