Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकार चुनावबाट भाग्न खोज्यो : लालबाबु पण्डित – Gaule Khabar

सरकार चुनावबाट भाग्न खोज्यो : लालबाबु पण्डित

सरकार चुनावबाट भाग्न खोज्यो : लालबाबु पण्डित

काठमाडौं,माघ ३-

एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोजेको आरोप लगाएका छन् । राजधानीमा सोमबार भएको कार्यक्रममा पण्डितले प्रश्न गरे ‘यो सरकार चुनावबाट किन भाग्न खोज्दैछ ?’उनले स्थानीय तहको निर्वाचन नै पहिले गर्नुपर्ने जिकिर पनि गरे । भने, ‘पहिले स्थानीय तहकै निर्वाचन गर्नुपर्छ, अनि दोस्रो चरणमा संघीय प्रदेश र प्रादेशिक सभाको चुनाव गराउनुपर्छ, वा यी दुई तहको चुनाव एकैपटक पनि गर्न सकिन्छ ।’

पण्डितले संविधानप्रति अपनत्व लिने हो भने सरकारले हिम्मतका साथ चुनावका लागि लाग्नुपर्ने सुझाव दिए । पण्डितले भने,‘तर चुनावको लगि सत्ताधारी दलको ईच्छा नै छैन, दिन बताउने बाहेक अरु काम भएकै छैन् ।’उनले आफ्नो पार्टी चुनावको पक्षमा दृढ रहेको भन्दै त्यसको लागि चुनाको मिति सरकारले घोषणा गर्नुपर्ने बताए । पण्डितले भने, ‘ऐन तथा कानूनहरु फाष्ट ट्रयाकबाट पारित गराउने हो भनेपनि एमालेले साथ दिन्छ ।’

उनले मधेशी मोर्चाले हठको राजनीति गरिरहेको समेत आरोप लगाए । उनले थपे, ‘मोर्चाले पनि हठको राजनीति छोड्नुपर्यो नि ?’
त्यस्तै उनले सरकारी कामकाजको भाषा हिन्दी बनाउने कसैको सपनापनि पूरा नहुने चेतावनी दिए ।

कार्यक्रममा मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन विद्येयक पारित नभएसम्म मोर्चाले कुनैपनि निकायको निर्वाचन हुन नदिने चेतावनी दिए । कर्णले भने ,‘संसदमा टेबुल भएको संशोधन विद्येयक पारित नभएसम्म हामी कुनैपनि निर्वाचन हुन दिँदैनौं ।’ यद्यपी उनले आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पनि पारे ।

नेता कर्णले भने,‘मोर्चा लोकतान्त्रिक पार्टी भएकोले हामी चुनावको विरोधी होईैनौं, हामी पनि चुनाव चाहन्छौं, चुनाव भएर संविधान कार्यान्वयन होस् भन्ने चाहन्छौं, तर त्यो भन्दा पहिले संशोधन विद्येयक पारित हुनुपर्छ ।’उनले अहिले स्थानीय तह पूर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन एमालेको अवधारणा अनुसार भएकोले त्यसलाई आफूहरुले कुनै हालतमा नमान्ने चेतावनी पनि दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका