Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धनकुटामा सवारी दुर्घटना, ३ को मृत्यु – Gaule Khabar

धनकुटामा सवारी दुर्घटना, ३ को मृत्यु

धनकुटामा सवारी दुर्घटना, ३ को मृत्यु

धनकुटा, माघ ३-

धनकुटाको फाक्सिव-६ मा विवाहको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।मोरङको केराबारी ७ बाट फाक्सिव गएको को १ च ८१८ नम्बरको गाडी सिजिबुङ खयरवनी पाखोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केराबारीका २३ वर्षीय मिलन मगर, ३० वर्षीय विक्रम मगर र २५ वर्षीया अइता राईको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका चार जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बाँकी सामान्य उपचार गरेर फर्किएका छन् । दुलाह दुलहीको अवस्था भने सामान्य छ ।दुर्घटनापछि फरार भएका चालक विक्रम सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका