Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सूचनाको हक प्रचलनका लागि सामूहिक प्रतिबद्धता – Gaule Khabar

सूचनाको हक प्रचलनका लागि सामूहिक प्रतिबद्धता

सूचनाको हक प्रचलनका लागि सामूहिक प्रतिबद्धता

बाग्लुङ, पुस २६ –

जिल्लाका सरकारी कार्यालयले सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सोमबार सातबुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको उपस्थितिमा कार्यालय प्रमुखले प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्लास्थित सबै सरकारी कार्यालय र केही अन्य सार्वजनिक निकायका प्रमुख÷प्रतिनिधिद्वारा हस्ताक्षरित प्रतिबद्धतापत्रमा सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ ।

सूचनाको हकको सम्मान र संरक्षण गर्ने, प्रत्येक तीन तीन महिनामा सूचना सार्वजनिक गर्ने, सूचना अधिकारी तोकी निजको एकीकृत विवरण कार्यालयमा राख्ने, कानुनले निर्धारित गरेको समय सीमाभित्रै सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने आदि बूँदा प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रजिअ भागीरथ पाण्डेयले सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अनुगमन गरिने बताउनुभयो ।

यहाँ भएको सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकले लोकतन्त्र मजबुत हुने उल्लेख गर्नुभयो । रासस

ऐतिहासिक, धार्मिक एवम् रमणीय क्षेत्र पोखरा २५ स्थित पुम्दीकोटमा निर्माण गरिने विशाल महादेवको मूर्ति स्थापनामा पर्यटन व्यववसायीले सहयोग गर्ने भएका छन् ।

पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माण उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिद्वारा पोखरामा आयोजित पर्यटन व्यवसायीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सक्दो सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
विश्वशान्ति स्तूपसहित सो क्षेत्रमा सञ्चालित भुजेल, गुरुङलगायत गाउँका घरबास कार्यक्रमलाई एकमुष्ट अगाडि बढाउन स्थानीयस्तरबाट सुरु गरिएको अभियानको बजारीकरणमा सहयोग गर्ने उनीहरुले बताए ।

पश्चिमान्चल क्षेत्रीय प्रशासक खगराज बरालले पोखरामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय विमानस्थललाई असर नपर्ने गरी शिवको मूर्ति निर्माण गर्नुपर्ने बताउँदै रातिको समयमा पनि पर्यटकीय आकर्षकका गतिविधि सञ्चालन गरिनुपर्ने सुझाव दिनुभयो ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ऐतिहासिकस्थलका रुपमा परिचित पुम्दीकोटलाई धार्मिक एवम् पर्यटकीयस्थलको रुपमा विकास गर्न सके त्यस क्षेत्र तथा पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले मुलुकको पर्यटन विकासका लागि मानवनिर्मित स्थलको पनि खाँचो औल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले मूर्तिस्थापनामा आफ्ना स्व बुबा रत्नबहादुर र हजुरबुबा भक्तबहादुर भट्टराईको स्मृतिमा रु दुई लाख दुई सय २२ सहयोग गरिने घोषणा गर्नुभयो ।

समुद्री सतहबाट एक हजार पाँच सय मिको उचाइमा रहेको कोटस्थित १८ रोपनी जग्गामा लगभग रु २१ करोडको लागतमा एक सय आठ फिट अग्लो शिव मूर्तिसहित एक सय आठ शिवलिङ्ग निर्माण गरिने समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट रु २० लाख प्राप्त भएको छ । सो परिसरमा ध्यान केन्द्र, स्मृति उद्यान बनाइने योजना छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका