Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यस्तो पो रैछ प्रिथ्वीको पहिलो तस्बिर ? – Gaule Khabar

यस्तो पो रैछ प्रिथ्वीको पहिलो तस्बिर ?

यस्तो पो रैछ प्रिथ्वीको पहिलो तस्बिर ?

पुस १२ –

१९६८ डिसेम्बर २४ का दिन पुगेका थिए चन्द्रमामा मानव । तर ति चन्द्रमामा पुगेको भन्दापनि तिनले छोडेको मानव पाईला र आक्रितिलाई बढि संझने गरिन्छ । अथवा तिनले खिचेको प्रिथ्वीको तस्बिर । त्यहि बेलादेखि हो हामी मानव जाती बसोबास गर्दै आएको प्रिथ्वी कस्तो देखिन्छ भनेर जान्न पाएको । त्यो बेला पुगेका बैज्ञानिकले खिचेर सार्वजनिक गरेपछि बल्ल हो हामी बस्ने ठाउँ कस्तो रहेछ भन्ने हाम्रो कौतुहलता मेटिएको । त्योबेला एपोलो ८ नामको अन्तरिक्ष यान लिएर गएका बैज्ञानिकहरुले दुई लाख माईल टाढाको चन्द्रमाबाट आफैं बसोबास गर्ने प्रिथ्वीको अवलोकन गरेका थिए । त्यति माथिबाट हेर्दा प्रिथ्वी कस्तो देखिएको हुँदो हो रु प्रिथ्वी त क्रिसमसमा कलाले सजिएको  रुख जस्तै तैरिएको देखिएको रहेछ । यानको झ्यालबाट तिनले झपाझप फोटो खिच्न थालेछन । त्यो भन्दा पहिले कहिलेपनि कसैले पनि नदेखेको हुनाले प्रिथ्वीको फोटो खिच्न सकिन्छ भनेर कसैले सोचेका पनि रहेनछन । यहाँ जुन तस्बिर राखिएको छ् त्यो नै प्रिथ्वीको सबैभन्दा बढि छापिएको र धेरै पटक प्रयोग गरिएको तस्बिर हो भनेर बेलायतबाट निस्कने द गार्डियन दैनिकले उल्लेख गरेको छ । “त्यो तस्बिरले मानव चेतनालाई बिस्फोट गरायो” बैज्ञानिकहरुले भन्ने गरेका छन । त्यो तस्बिर लिईएको १८ महिनाबाट वातावरणिय आन्दोलन शुरु भएको रहेछ । त्यो फोटो अल गोरले ओस्कार पुरस्कारकालागि दर्ता गरेको एक फिल्ममापनि प्रयोग गरिएको रहेछ । प्रिथ्वीको पहिलो तस्बिर कसले लियो भन्ने मा बिबादपनि छ । अ मेरिकी बैज्ञानिक संस्था नासाले भने प्रिथ्वीको पहिलो तस्बिर बिल एण्डर्स भन्नेले खिचेका थिए भनेर दाबी गरेका छन । फोटो साभार(नासारटाईम र लाईफ पिक्चर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका