Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला – Gaule Khabar

स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला

स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला

पुस ११ –

नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगका रूपमा लिइएको मुटु रोगका कारण बर्सेनि लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वमै मुटु रोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभरि मनाउँदै आइरहेको छ । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन थालिएको छ । नेपाल हृदयरोग प्र्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार मानिसको खानपिन तथा जीवनशैलीमा आएको परिवर्तनका कारण पछिल्ला वर्षमा मुटु रोगीको संख्या नेपाललगायत विकासोन्मुख देशमा दिनानुदिन बढिरहेको छ । उनले विश्वमै मुटु रोगीको संख्यामा बढ्दै गएको

अवस्थामा नेपालमा पनि मुटु बचाउन हरेक वर्ष मुटु रोग दिवसको अवसरमा साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिएको तथा अन्य दिनमा चेतनामूलक अन्तर्त्रिmया गर्दै आइरहेको बताए ।
नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण, खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विश्व मुटु महासंघले जनाएको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्ति धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटु रोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायत देश बढी जोखिममा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा। रेग्मीका अनुसार चार९पाँच वर्ष अघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, हिजोआज १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटु रोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ ।
सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटु रोगका कारणलाई जन्म दिइरहेकाले मुटु रोगले जसलाई पनि आक्रमण गर्न सक्ने डा। रेग्मीले बताए । उनी भन्छन्, ‘केही समय अगाडिसम्म मुटु रोगले समाजमा आफ्नो स्थान बनाएका र प्रभावशाली व्यक्तिलाई नै बढी आक्रमण गर्ने गरेको पाइन्थ्यो । तर, हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटु रोगीको संख्या बढाइरहेको छ ।’
विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभरि बर्सेनि एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ । मटु रोगमा पनि हृदयाघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटु रोगका कारण भयावह स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले मुटु बचाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । चिकित्सकहरूका अनुसार नेपालमा देखिएका प्रमुख मुटु रोगमा जन्मजात मुटु रोगी, जन्मजात मुटुभित्रका प्वाल, बाथ मुटु रोग, उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, मुटु सुन्निने तथा मुटुको धड्कन गडबड हुने रोग रहेका छन् ।
चिकित्सकहरूका अनुसार मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटु रोगको कारक हो । डा। रेग्मी भन्छन्, ‘आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वकांक्षा, भोज९भतेर, कम्प्युटर, टेलिभिजन, धूमपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटु रोग बढ्नाका कारण हुन् ।’

महिलामा पनि बढ्यो मुटु रोग
पछिल्लो वर्षमा महिलामा पनि मुटु रोग बढ्न थालेपछि चिकित्सकहरू चिन्तित बनेका छन् । चिकित्सकहरूका अनुसार, पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । महिलाका शरीरमा मात्र पाइने ‘फिमेल हार्मोन’ले मुटु रोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुका रोग देखिन थालेको छ । डा। रेग्मीका अनुसार महिलामा पनि तनाव, धूमपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा पनि मुटुको समस्या बढिरहेको छ । चिकित्सकहरूले महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हार्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने बताए पनि फेरिँदो जीवनशैली र आराम अभावमा समस्या बढ्दै गएको बताएका छन् ।
महिलामा पनि मुटु रोगको समस्या बढ्दै गएपछि विश्वभरि ‘गो रेड फर वुमन’ अर्थात् ‘महिलाका लागि रातो संकेत’ अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको डा। रेग्मीले बताए । उनका अनुसार महिलालाई मुटु रोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो । पछिल्लो समयमा महिनावारी नरोकिएका महिलामा हृदयाघातको प्रमुख कारण परिवारनियोजनको उद्देश्यले खाने औषधि ९ओरल कन्ट्रासेप्टिक पिल्स० रहेको चिकित्सकहरूले बताएका छन् ।

मुटु रोग
आममानिसमा मुटु रोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेल मात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटका अन्य रोगमा पनि रहेका छन् । डा। रेग्मीले मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको बताए । तर, तीमध्ये चिकित्सकहरूले मुटु रोगलाई जन्मजात मुटु रोग, बाथ मुटु रोग र जीवनशैलीसम्बन्धी मुटु रोग भनेर तीन भागमा बाँडेका छन् । जुन रोग यसप्रकार छन्
जन्मजात मुटु रोग कुनै केटाकेटीलाई जन्मजात नै मुटु रोग लागेको हुन सक्छ । डा। रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्ने गर्छ । उनका अनुसार गर्भधारण गरेको तीन महिनाभित्र रुबेला नामक एककिसिमको दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ, फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउनेछ । उनी भन्छन्, ‘गर्भधारण गरेको तीन महिने अवधिमा महिलाले गर्भका लागि असुरक्षति मानिएका औषधिको सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुन जान्छ, जसकारण बालकलाई जन्मजात मुटु रोग लाग्ने गर्छ ।’ चिकित्सकहरूका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्त्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औँलाका टुप्पा नीलो हुने, औँलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार नवजात शिशुलाई रुघाखोकीले सताइराख्ने, शिशुको, उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटु रोगका लक्षण हुन् ।
बाथमुटु रोग ः यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतया तीनदेखि १५ वर्षका बालबालिकामा बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी बराबर घाँटी दुख्ने गरेका केटाकेटीलाई एककिसिमको ज्वरो आउन सक्छ, जुन वेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यस ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसै ज्वरोका कारण पछि गएर मुटुको भल्ब खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुको रोग भनिन्छ ।
जीवनशैलीसँग सम्बन्धित मुटु रोग ः मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । जीवनशैलीसँग सम्बन्धित मुटु रोगमा हृदयाघात, उच्च रक्तचाप, मधुमेह, आदि पर्छन् । मुटु रोगमध्ये हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभरि रक्त सञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनली स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट कोलेस्ट्रोल ९बोसो० जमेर साँघुरो हुने गर्छ । जसकारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । जसकारण बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । हृदयाघात हुँदा छातीको बीचभागमा असह्य पीडा उत्पन्न हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ ।
त्यस्तै, मुटु रोगमध्येको उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुलिने गर्दा रक्तनलीमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । चिकित्सकहरूका अनुसार स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमि मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । डा। रेग्मीका अनुसार रक्तचाप बढी भएमा रक्तनली बढी तन्किन गई फुट्न सक्छन् । उनी भन्छन्, ‘दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयाघात वा मिर्गौला फेल हुन्छ, त्यसकारण यो एक खतरनाक रोग हो ।’
हार्ट फेल पनि मुुटुको डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच रहेको हुन्छ । डा। रेग्मीका अनुसार यो आंशिक रूपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि रहेको छ । उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि यो कम भएर जान्छ भने यो मुटु रोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशी कमजोर भएको, मुटुको भल्ब बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक९फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको धड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुमा देखिने समस्या हुन् ।

मुटु रोगका प्रमुख लक्षण्
मुटु रोगका लक्षणबारे धेरैलाई जानकारी छैन । यसकारण मानिस ढिलागरी उपचारका लागि अस्पताल वा उपचारका लागि चिकित्सककहाँ जान्छन् । छातीको बीच भागमा पीडा हुनु, कुनै काम वा परिश्रम गर्दा दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो, औँलाका टुप्पा नीलो हुनु आदि सबै मुटु रोगका लक्षण हुन सक्छन् । डा। रेग्मीका अनुसार मुटुका केही रोगजस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्ट्रोल, मधुमेह आदिको कुनै लक्षण नहुन पनि सक्छ । यी रोग परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । यसकारण मुटु रोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटु रोगकै कारणबाट हुन्छ । मुटु रोग थोरै लक्षण, तर धेरै खतरा भएको रोगमा पर्छ ।

नेपालमा मुटु रोगी
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् । प्रतिष्ठानका अध्यक्ष डा। रेग्मीका अनुसार मुटु रोगबाट हुने मृत्युको संख्या कुल मृत्युको २५ प्रतिशत रहेको छ । १८ वर्षभन्दा माथिका उच्च रक्तचापद्वारा पीडित रोगीको संख्या २० प्रतिशत रहेको छ । मघुमेहद्वारा पीडित काठमाडौँका १८ वर्षमाथिका १० प्रतिशत रोगी रहेका छन् । धूमपान गर्ने जनसंख्या ४० प्रतिशत र बाथ मुटु रोगी १ दशमलव २ प्रतिशत रहेका छन् । जन्मजात मुटु रोगी पाँचदेखि १५ वर्षका बालबालिका १ दशमलव ० प्रतिशत रहेका छन् । मटु रोगको अस्पतालमा भर्ना भएकामध्ये कारोनरी मुटु रोगी ३९ प्रतिशत, उच्च रक्तचापपीडित ७, बाथ मुटु रोगी २० र जन्मजात मुटु रोगी ६ प्रतिशत रहेका छन् । प्रतिष्ठान तथा मुटु रोगसँग सम्बन्धित १९ संस्थाको सञ्जाल हार्ट नेपालका अनुसार नेपालमा मुटु रोग बढ्ने क्रममा छ । नेपालमा १० वर्षयता मुटु रोगीको संख्यामा पाँचगुणाले वृद्धि भएको छ ।

मुटु रोगबाट बच्ने उपाय
मुटुका सबै रोगलाई एउटै पद्धतिबाट रोकथाम गर्न सकिँदैन । मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त रहने आदि सर्वसम्मत विषय हुन् । चिकित्सकहरूका अनुसार यिनीहरूलाई नै आधार बनाएर धेरै हदसम्म मुटु रोग रोकथाम गर्न सकिन्छ । धेरैजसो मुटु रोग अस्वस्थ खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसबाट बच्न पनि हामीले खानपिन र जीवनशैलीमा सुधार ल्याउनुपर्छ । डा। रेग्मी भन्छन्, ‘मुटु रोगबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपाय जस्तै धूमपान तथा मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ ।’ उनका अनुसार प्रशस्त मात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक, छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले मुटु रोगको जोखिम कम्तीमा ५५ प्रतिशत घटाउन सकिन्छ । डा। रेग्मीले मुटु रोगबाट बच्न धूमपान त्याग्ने, मोटापन घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार लिने, रक्सीको सट्टा फलफूलको रस पिउने, मानसिक तनावबाट टाढा रहने, जीवनलाई सुखी बनाउने तथा नियमित स्वास्थ्य परीक्षण गराउने सुझाब दिन्छन् । यसका साथै मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह उच्च कोलस्ट्रोलजस्ता रोगको उपचार समयमै गराउनुपर्छ ।

मुटु रोगका प्रमुख लक्षण

छातीको बीचभागमा दुख्ने
दम बढ्ने ९काम वा परिश्रम गर्दा०
खुट्टा सुन्निने
धाँटीको रक्तनली फुल्ने
ओठ, जिब्रो र औँलाका टुप्पा नीलो हुने
औंलाका टुप्पा बाक्ला र चाक्ला हुने
चक्कर लाग्ने
मुटु हल्लिने
जोर्नी दुख्ने ९बालबालिकामा
कफमा रगत देखिने

मुटु रोग रोकथामको उपाय

धूमपान त्याग्ने
घरमा खान छाडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएका छन्। लामो समयदेखि क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूको अनुभवमा पछिल्लो दिनमा पेटका क्यान्सरका बिरामीको कारण खोजी गर्दा यस्तो देखिएको हो।
पेटको क्यान्सरका बढ्दो बिरामीमध्ये सबैजसो रेष्टुरेन्ट संस्कृतिमा बढी अभ्यस्तहरू पाइएका छन्। ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी भेटिन्थे’, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा। सुदीप श्रेष्ठले भने९ पछिल्ला दिनमा पेटका क्यान्सर रोगी बढ्दैछन्, जसको कारण खोज्दै जाँदा स्वादको पछि दौडिने रेष्टुरेन्ट संस्कृति भेटिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार १३ प्रतिशत नेपालीलाई क्यान्सरको समस्या छ। केही वर्षअघि भरतपुर क्यान्सर अस्पतालले गरेको एक अध्ययनले तीमध्ये झण्डै ६ प्रतिशतलाई पेटको क्यान्सरको समस्या थियो। अहिले कम्तिमा पनि १० प्रतिशतमा पेटको क्यान्सर भएको चिकित्सक बताउँछन्। ‘मकहाँ नै आउने बिरामीमा पनि धेरै पेट क्यान्सरका हुन थाले’९ डा। श्रेष्ठले भने। नेपालमा हालसम्म पुरूषमा फोक्सो र महिलामा स्तनको क्यान्सर बढी थियो।

रोकथामका उपाय

९ जीवनशैली परिवर्तन, खानपान र शारिरीक व्यायाम
९ मद्यपान नगर्ने
९ स्वच्छ वातावरण
९ जंकफुड नखाने
९ पोलेको मासु, सुकुटी, सेकुवा नखाने
९ चिल्लो तथा बोसो कम खाने
९ ताजा सागसब्जी र फलफूल खाने
९ बासी वा ढुसी लागेको खाना नखाने
९ धेरै नून नखाने
९ धूमपान त्याग्ने

डा। श्रेष्ठको अनुभवमा शहरीलगायत् ग्रामीण क्षेत्रमा समेत स्वादका लागि रेष्टुरेन्ट जाने प्रवृति बढ्दै गएको छ। ‘केही वर्षअघिसम्म पनि होटलमा खाने भन्ने कमै सुनिन्थ्यो, अहिले जेका लागि पनि होटल एवं रेष्टुरेन्ट धाउने चलन छ’, नेशनल क्यान्सर अस्पतालका विशेषज्ञ डा। मदनकुमार पियाले भने९ स्वादको पछि लाग्दा अत्याधिक नून, मसला र मदिरा एवं मांसुजन्य पदार्थको सेवन पनि बढ्दैछ।
जंक फुडमा प्रयोग गरिने प्रिजरभेटिभ, स्वादका लागि प्रयोग गरिने केमिकल पाउडर, मसला, तेल, गाडेका अचार, सुकाइएकारकुहाइएका मासुका परिकार क्यान्सरको कारण बन्दैछ। डा। पियाका अनुसार यस्ता खाद्यान्नले शरीरमा साना साना कोषिका असामान्य वृद्धि गराउँछ, जुन क्यान्सर कारण बन्छ।

डा। पियाले स्वादकै पछि लाग्दा धूमपान र सूर्तीजन्य पदार्थको प्रयोग पनि बढ्दै गएको र त्यसले गर्दा मुख र घाँटीको क्यान्सरका बिरामी पनि बढ्दै गएको बताए। ‘पानपराग, गुट्खा र खैनी९सूर्तीको प्रयोगले मुखको क्यान्सर पनि बढ्दैछ’९ पिया भन्छन्।

शहरी क्षेत्रमा पानीका कारण पेटमा दोहोरिइरहने इन्फेक्सनले पनि पेटको क्यान्सर बढाउँदै लगेको भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा। सुदीप श्रेष्ठले बताए। चिकित्सकहरूका अनुसार शरीरलाई चाहिनेभन्दा बढी पोषक तत्व भएपछि पेटमा समस्या बढ्दै जान्छ र यसले क्यान्सरको रूप लिन्छ।

अस्वस्थकर खानेहरूको खाने बानी पनि अनियमित हुने भएकाले त्यसले ग्याष्टिक निम्त्याउँछ। यसले अल्सर हुदै क्यान्सरको रूप लिने गरेको चिकित्सकहरूको भनाई छ। नेपालमा फोक्सोपछि पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ। त्यसमा पनि महिलामा स्तन र पाठेघरको क्यान्सर बढी छ भने पुरूषमा फोक्सो, पोष्ट्रेट र पेटको क्यान्सर सबैभन्दा बढी छ।

अनुसन्धानअनुसार नेपालमा वर्षेनि ५० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन्। तर रोग लागेका धेरै बिरामी उपचारका लागि आउने नसकेकोे चिकित्सकको भनाई छ। उनीहरुका अनुसार यस्ता बिरामीमध्ये करिब ४ हजार ५ सयमात्र अस्पताल आइपुग्छन्। नेपालका भरतपुर, त्रिवि शिक्षण अस्पताल, कान्ति, वीर, पाटन, प्रसूति र भक्तपुर अस्पतालमा क्यान्सर उपचार हुन्छ। चिकित्सकका अनुसार ३३ प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ, ३३ प्रतिशत क्यान्सरलाई निको पार्न सकिन्छ भने ३३ प्रतिशत क्यान्सरलाई जीवन लम्ब्याउन मात्र सकिन्छ। चिकित्सकका अनुसार दिशामा रगत देखिनु, दिशा गर्ने बानीमा परिवर्तन आउनु, भोक नलाग्नु, अपच हुनु आदि पेट क्यान्सरका लक्षण हुन।

क्यान्सरको कारण

विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूमपान, सूर्ती, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव देखाएका छन्। १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ। यसका साथै विकिरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रूपमा लिइएको छ।
चिल्लो पदार्थ कम सेवन गर्ने
मद्यपान त्याग्ने

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका