Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तिवारी हत्या काण्डको विरोधमा नारायणगढमा चक्काजाम – Gaule Khabar

तिवारी हत्या काण्डको विरोधमा नारायणगढमा चक्काजाम

तिवारी हत्या काण्डको विरोधमा नारायणगढमा चक्काजाम

चितवन,पुष ५-

हिजो रुपन्देहीमा भएको तिवारी हत्याकाण्डको विरोधमा आज(मंगलबार) नारायणगढमा युवा संघ चितवनले चक्काजाम गरेको छ ।

हत्यामा संलग्न सबैलाई कारवाहि र गृहमन्त्रीको राजिनामा माग गर्दैै दिउसो १२ बजे देखी १ बजे सम्म चक्काजाम भइरहेको छ । विरोधकर्ताद्धारा मोटरसाइकल समेत गुड्न रोक लगाइएको छ । एक घण्टे चक्का जाममा युवा संघ नेपाल चितवन संयोजक दिलिप न्यौपानेले त्रास देखाएर आन्दोलन तुहाउने दुष्प्रयास नगर्न चेतावनी दिदै शोकलाई शक्तिमा बदल्न सम्पूर्णमा आह्वान गर्नुभयो। चक्का जामका क्रममा सरकार र गृह प्रशासनबिरुद्ध कडा नाराबाजी गर्दै सत्यतथ्य  छानवीन गरि दोषीलाई कार्वाहीको माग गरेका थिए । साथै उनीहरुले गृहमन्त्रीको राजीनामा माग समेत गरेका थिए ।

दोषीलाई तत्काल कार्वाही नभए चितवन बन्द सम्मको कडा आन्दोलनको साथ अघि बढ्ने अनेरास्ववियु चितवनका प्रचार बिभाग प्रमुख बिमल केसीले चेतावनी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका