Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भैरहवा बहुमुखीमा खेलकुद सप्ताह सुरु – Gaule Khabar

भैरहवा बहुमुखीमा खेलकुद सप्ताह सुरु

भैरहवा बहुमुखीमा खेलकुद सप्ताह सुरु

भैरहवा, पुस ५ –

भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर, रुपन्देहीमा मंगलबार देखि खेलकुद सप्ताह तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सुरु भएको छ ।
सुरु दिनको क्रिकेट प्रतियोगिता क्याम्पस प्रमुख अनिल कुमार झाले ब्याटिङ्घ तथा विद्यार्थी कल्याण प्रमुख केशव शर्मा बेल्बासेले बलिङ्घ गरेर शुभारम्भ गरेका थिए ।
कार्यक्रममा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, वक्तृत्वकला, गजल, कविता र हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक केशव शर्मा बेल्बासेले जानकारी दिए । खेलकुद सप्ताह पौष १४ गते सम्म चल्ने क्याम्पसले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका