Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्वस्थ्य र सुन्दरताको खजना भान्सामै – Gaule Khabar

स्वस्थ्य र सुन्दरताको खजना भान्सामै

स्वस्थ्य र सुन्दरताको खजना भान्सामै

चितवन,पुस ५–

हामीले खाएको खानेकुराको असर स्वास्थ्य र छालामा देखिन्छ । त्यसैले स्वस्थ र सुन्दर रहन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यो काम धेरै सजिलो छ किनकि स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ । करेला तिलो करेला तपाईंलाई मन पर्दैन होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौर्न्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ । करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि स्वास्थ्य र सौर्न्दर्यका लागि निकै फाइदाजनक मानिन्छ । स्वास्थ्यमा फाइदा मधुमेह– मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ । जन्डिस– करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ । पत्थरी–करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कनसक्छ । पेटमा किरा–पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या भएमा सँधै बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका किरा नष्ट हुन्छन् । जोर्नी दुःख्ने–काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ । पिसाब पोल्ने–करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ । शौर्न्दर्यमा फाइदा अनुहारको दागबाट मुक्ति–करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन । स्वस्थ्य छाला–धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टीअक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउ मद्दत गर्छ । एन्टिएजिङ–करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवनले छाला जवान र चम्किलो देखिन्छ । पोतो–पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ । परवल परवल थोरै मानिसलाई मन पर्नसक्छ । तर यसले धेरै रोगको औषधिको काम गर्छ । परवल खानाले कफ, खोकी, कुष्ठरोग, ज्वरोजस्ता समस्याबाट मुक्ति दिलाउन मद्दत गर्छ । स्वास्थ्यमा फाइदा ज्वरो–बिहान बेलुका परवलको झोल पिउनाले ज्वरो आउँदा आराम मिल्छ । सुख्खा कफ–सुख्खा कफका कारण सास फर्ेन समस्या हुन्छ । यस्तो बेला हरेक दिन बिहान परवलको काढामा मह मिलाएर पिउनाले कफ सजिलै बाहिर निस्कन्छ । शरीर पोल्ने– शरीर पोलेको कम गर्न परवलको पात र धनियाँको काढा बनाउने । यसलाई बिहान पिउने । परवलको रसले शरीर मालिस गर्ने । यसले शरीर पोलेको चाँडै हराउँछ । जन्डिस– बिहान बेलुका परवलको क्वाथ पिउनाले जन्डिस र अन्य पेटसम्बन्धि रोगका लागि लाभदायक मानिन्छ । पेटमा किरा–१० ग्राम परवलको पात १० ग्राम धनियाँ १ सय ग्राम पानीमा रातभर भिजाउने । बिहान यसलाई छानेर दिनमा तीनपटक पिउनाले पेटको किरा मर्छन् र पेट दुःख्ने समस्या पनि हुँदैन । शौर्न्दर्यमा फाइदा – करेलाजस्तै परवलले पनि रगत शुद्धिको काम गर्छ । यसले छालासम्बन्धि समस्या हुँदैन । – परवलको नियमित सेवन गर्नाले स्किन एलर्जीबाट छुटकारा दिलाउँछ । – दाज भएको ठाउँमा परवलको पातको रस लगाउनाले यो पूरै ठीक हुन्छ । मूला मूला धेरै रोगबाट छुटकारा दिने सब्जी हो । यसले शौर्न्दर्यसम्बन्धि समस्याबाट पनि मुक्ति दिलाउन मद्दत गर्छ । स्वास्थ्यमा फाइदा रगत शुद्धी– मूलामा लौह तत्वको मात्रा धेरै हुने कारण यसको सेवनले रगत शुद्ध हुन्छ । मोटोपन– मुला क्षारयुक्त हुने भएकाले यसले बोसो कम गर्छ र मोटोपनमा कमी ल्याउँछ । यौन दर्ुवलता– १ सय ग्राम मूलाको बिऊको दाना पिसेर २ देखि ३ ग्राम १ सय ग्राम घिउ वा दूधसँग बिहान बेलुका खानाले यौन दर्ुवलतासम्बन्धि समस्या हट्दै जान्छ । महिनावारी सम्बन्धि समस्या– मूलाको बिऊको दाना पिसेर ४९४ ग्राम दैनिक ३ पटक पानीसँग पिउनाले महिनावारीसम्बन्धि समस्यामा फाइदा गर्छ । रुघाखोकी– दिनमा ३ पटक मूलाको गेडाको धूलो खानाले रुघाखोकीमा आराम मिल्छ । पेट दुःख्नेरग्याँस्ट्रिक– मूलाको रसमा कागतिको रस मिलाएर पिउनाले पेट दुःख्ने वा ग्याँस्ट्रिक समस्यामा राहत मिल्छ । कान दुःख्ने– चार चम्चा मूलाको रसमा तोरीको तेल मिसाएर पकाउने । यो पानी सबै सुकेपछि निकालेर छान्ने र एउटा सफा बोतलमा राख्ने । कान दुःखेको बेला २९२ थोपा राख्नाले आराम मिल्छ । सौर्न्दर्यमा फाइदा – मूलाको सब्जी खानाले वा यसको रस पिउनाले रगत सफा हुन्छ । – एक महिना लगातार मूला खानाले अनुहारको दाग र धब्वा कम हुन्छ । – काटेको मुलाले पोतोको दागमा रगड्नाले दाग कम हुन्छ । – मूलाको रसमा तिलको तेल मिलाएर कपाल मसाज गर्नाले कपाल र्झन कम हुन्छ । यसका साथै जुम्राको समस्याबाट समेत मुक्ति मिल्छ । मेथी खासगरी, महिलाका लागि मेथी धेरै गुणकारी मानिन्छ । मेथीको सेवनले महिलालाई गर्भवतीको समय एवं महिनावारीपछि कमजोर महसुस हुँदैन । यसका साथै दूध खुवाउने आमालाई मेथीको साग फाइदाजनक मानिन्छ । स्वास्थ्यमा फाइदा पिसाबसम्बन्धि समस्या– मेथीको सब्जीको १ सय ग्राम रसमा २ ग्राम क्वाथ र ५ ग्राम चिनी मिलाएर पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या कम हुन्छ । पेट पोल्ने– मेथीको सुक्खा पातसँग मह मिलाएर उमालेको पानी दिनमा दर्इपटक पिउनाले पेट पोल्दा आराम मिल्छ । बाथरोग–मेथीको रसले वाथनासक औषधिको काम गर्छ । सौर्न्दर्यमा फाइदा – मेथीको सेवनले पेट सफा गर्छ । यसले छाला स्वस्थ र सफा देखिन्छ । – मेथीको सेवनले अनुहारमा दाग, फूस्रो हुने, फूट्ने संभावना कम हुन्छ । – मेथीको पात वा मेथीको गेडा पिसेर कपाल धुनाले कपाल चम्किलो र बलियो हुन्छ । अदुवा अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ । स्वास्थ्यमा फाइदा ज्वरो– अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ । भोक लाग्ने– अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ । खोकी– अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ । रुघा– अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ । उल्टी– बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ । पेट दुःख्ने– अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ । सौर्न्दर्यमा फाइदा – अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ । – सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्ष र सफा देखिन्छ । – अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ । लसुन लसुनलाई एन्टिअक्सिडेन्टको राम्रो श्रोत मानिन्छ । यो एन्टिब्याक्टेरिएल र एन्टीसेप्टिक भएकाले लसुनको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । सँधै थोरै मात्रामा लसुनको सेवन गर्नाले ब्यक्ति जीवनभर निरोगी रहनसक्छ । त्यसैले आयर्ुर्वेदमा लसुनलाई महाऔषधि पनि भनिन्छ । स्वास्थ्यमा फाइदा कान दुःख्ने– लसुनको पोटी तेलमा पकाएर छान्ने र दर्ुइ थोपा कानमा राख्ने । यसले कान दुःखेको कम हुन्छ । हिस्टिरिया– हिस्टिरियाको बेहोसी कम गर्न लुसन पिसेर रोगीलाई सुघाउने । यसले फाइदा गर्छ । औलो– ४ ग्राम पिसेको लसुनमा ८ मि।लि। घिउ तथा नून मिलाएर बिहानको समयमा खानाले औलो ज्वरो हराउँछ । हैजा– लसुन, गेडा नभएको रातो खर्ुसानी, काँचो हिंग र कपुरको समान मात्रा मिलाएर धूलो बनाउने । यो धूलोलाई कागतिको रस राखी पिस्ने र ठिक्कको दर्ुइ गोली बनाउने र आधा आधा घण्टामा एकएक गोली खानाले हैजाबाट मुक्ति दिलाउँछ । रातो डावर– लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । लगातार तीन दिनसम्म रातो डावर आएको ठाउँमा लगाउनाले रातो डावर हराउँछ । सौर्न्दर्यमा फाइदा – धेरै एन्टीअक्सीडेन्टको श्रोत लसुन खानाले छाला राम्रो देखिन्छ । – नियमित लसुनको सेवन गर्नाले तपाईंको मात्र होइन तपाईंको छालाको उमेर पनि लामो हुन्छ र छाला जवान देखिन्छ । टमाटर टमारमा निहित गुणले हामीलाई धेरै रोगबाट रक्षा गर्छ । त्यसैले टमाटरलाई आफ्नो दैनिक खानामा सामेल गर्न जरुरी हुन्छ । स्वास्थ्यमा फाइदा महिला रोग९ महिलाहरुको अनेकौं रोगका लागि टमाटर राम्रो फाइदाकारी हुन्छ । गर्भवती अवस्थामा तथा सुत्केरी पछि शारीरिक शक्ति बढाउन हरेक दिन ४ पटक २० ग्राम टमाटरको रस पिएमा सबै समस्या टाढा हुन्छ । मधुमेह– दर्ुइ सय ग्राम टमाटरको रस बिहान बेलुका पिउनाले मधुमेहमा आराम मिल्छ । रगतको कमी– शरीरमा रगतको कमी पूरा गर्न नियमित १ सय ग्राम टमाटरको रस वा टमाटरको सलाद खानर्ुपर्छ । तौल बढाउन– शारीरिक तौल कम भएका ब्यक्तिले सँधै १९२ वटा पाकेको टमाटर खाएमा उसको तौल सजिलै बढ्छ । उल्टी– उल्टीबाट आराम पाउन १ सय ग्राम टमाटरको रसमा २५ ग्राम चिनी, १ ग्राम इलाइचीको धूलो, थोरै मरीच र ल्वांगको धूलो मिलाएर पिउनाले लाभ मिल्छ । सौर्न्दर्यमा फाइदा – धेरै भिटामिन ए र भिटामिन सी पाइने टमाटरको सेवन गर्नाले अनुहारमा डण्डिफोर आउँदैन र छाला स्वस्थ रहन्छ । – नियमित टमाटर सेवन गर्नाले छालामा चम्किलोपन आउँछ । – अनुहारमा टमाटर काटेर लगाउनाले छालामा निखार आउनुको साथै ब्ल्याक एण्ड हृवाइट हेड्सको समस्या पनि हराउँछ । – अनुहारमा टमाटर लगाउनाले खुला रोम छ्र्रि बन्द हुन्छन् । अंगुर अंगुरको सेवनले शरीरमा उर्जा मिल्नुका साथै यसमा पाइने खनिज तत्वले स्वस्थ्य र सुन्दरता कायम गर्न निकै मद्दत गरिरहेको हुन्छ । स्वास्थ्यमा फाइदा दूधमा बृद्धि– बच्चालाई स्तनपान गराउने महिलाले सँधै बिहान बेलुका १ सय ग्राम अंगुर खाएमा दूधमा बृद्धि हुन्छ । कब्जियत– कब्जियतको कारण टाउको दुःख्ने, चक्कर आउने आदि समस्या उत्पन्न हुन्छ । यसबाट मुक्ति पाउन नियमित रुपमा सँधै २५ ग्राम अंगुरको रस पिउनर्ुपर्दछ । कमजोरी– दैनिक २५ ग्राम अंगुर खाने र त्यसपछि आधा लिटर दूध पिउनाले कमजोरी हराउँछ । पिसाबमा गर्मी– करिब ५० ग्राम कालो अंगुरलाई रातभरि चिसो पानीमा भिजाइराख्ने र बिहान छान्ने । यसमा थोरै जीराको धूरो मिलाएर पिउनाले पिसाबको गर्मी टाढा हुन्छ । पत्थरी– अंगुरको बीऊलाई पिसेर धूलो बनाउने । यो धूलो मुखमा राखी एक गिलास दूध पिउनाले पत्थरी पग्लेर बाहिर आँउछ । सौर्न्दर्य फाइदा – अंगुर छालाको प्राकृतिक सुरक्षा गार्ड हो । यसले र्सर्ूयको किरणले हुने ड्यामेजबाट छालाको रक्षा गर्दछ । – अंगुर एन्टीएजिगं को राम्रो श्रोत हो । यसको सेवनले छालाको एजिंग प्रोसेस ९बढ्दो उमेरको संकेत ० कम हुन्छ जसले लामो समयसम्म छाला जवान देखिन्छ । – अंगुरमा धेरै भिटामिन सी पाइन्छ । त्यसैले अंगुर खानाले छाला, कपाल र आँखा पनि सुन्दर देखिन्छ । कागति सँधै कागति खानाले रगत र छाला सम्बन्धी रोग हुन दिँदैन । कागतिको सेवन स्वास्थ्य, छाला र कपालका लागि धेरै फायदाजनक छ । स्वास्थ्यमा फाइदा बेचैनी – गर्मीका कारण बेचैनी टाढा गर्न कागतिको रस चिसो पानीमा मिलाएर पिउनर्ुपर्दछ । उल्टी – कागतिको चानामा चिनी लगाएर चुस्नाले उल्टी बन्द हुन्छ । हैजा – हैजा भएको बेला कागति र प्याजको रस चिसो पानीमा मिलाएर पिउनाले आराम मिल्दछ । रुघा – रुघा लागेको बेला राति तातो पानीमा कागतिको रस निचोरेर पिउनाले आराम मिल्दछ । पेट दुःख्नु– दुइ चम्चा कागतिको रस र एक चम्चा अदुवाको रसमा थोरै चिनी मिलाएर पिउनाले पेट दुःखेको ठिक हुन्छ । सौर्न्दर्य फायदा – कागतिको सेवनले भिटामिन सी को पर्र्ति हुन्छ र यसले छाला स्वस्थ रहन मद्दत गर्छ । – अनुहारमा कागतिको रस लगाउनाले दाग कम हुन्छ । – कागतिको रस कपाल र अनुहारमा लगाउनाले दुवैमा छाला र कपाल चम्किलो बनाउँछ । – कपालमा कागतिको रस लगाउनाले चाया कम हुन्छ । अमला अमला भिटामिन सी को राम्रो स्रोत हो । अमलाले छालालाई स्वस्थ्य बनाउनुका साथै हड्डी पनि मजबुत पार्दछ । अमला खानाले भोक लाग्छ र रगत पनि सफा हुन्छ । स्वास्थ्यमा फाइदा आँखाको दृश्य – नियमित अमलाको चर्ूण गाईको दूधसँग खानाले आँखाको दृश्यशक्ति बढ्छ । टाउको दुख्नु – टाउकोमा अमलाको धूलोको लेप लगाउनाले टाउको दुःखेको बेला आराम मिल्दछ । स्मरणशक्ति – नियमित रुपले अमलाको मुरब्बा खानाले स्मरणशक्ति बढाउँछ । रक्तश्राव– चोट लागेर रगत बगेको ठाउँमा ताजा अमलाको रस लगाएमा रगत बग्न बन्द हुन्छ । उल्टी – अमलाको रसमा चन्दनको धूलो मिलाएर महसँग चाट्नाले उल्टी बन्द हुन्छ । सौर्न्दर्यमा फाइदा – अमला छालाको लागि मात्र नभई कपालका लागि पनि फायदाजनक मानिन्छ । – अमला खानाले छाला चम्किलो हुनुको साथै कपाल बाक्लो, लामो र बलियो हुन्छ । – अनुहारमा अमलाको पाउडर लगाउनाले छाला सफा हुन्छ र छालामा चमक आउँदछ । साभार –जनस्वस्थ्य सरोकार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका