रुपन्देही प्रहरी भन्छः तिवारीको हत्यामा पुरानो रिसिइबी कारण, मनोज पुनको संग्लनता

रुपन्देही प्रहरी भन्छः तिवारीको हत्यामा पुरानो रिसिइबी कारण,  मनोज पुनको संग्लनता

बुटवल, पुस ५–

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा देवदह नपा ६ का २८ वर्षीय मनोज पुन भन्ने पनोज बुढाको मगरको प्रत्यक्ष संग्लनता देखिएको रुपन्देही प्रहरीले बताएको छ ।
सोमबार दिउँसो देवदहको खैरनी बजारमा तिवारी माथि गोली प्रहार गरिएको थियो । कोखामा गोली लागेका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

‘घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनको प्रत्यक्ष संग्लनता रहेको पाइएको छ’, रुपन्देहीका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले भने ।

पुनको तिवारीसँग पुरानो रिसिइबी रहेको र ९ महिना अघि पनि पुनले तिवारीमाथि गोली प्रहार गराउनु (आक्रमण) अघि २० लाख रुपैयाँ फिरौती मागेको अनुसन्धानमा खुलेको छ ।

आरोपी मनोज मगर पुन विगतमा एमालेकै कार्यकर्ता थिए । उनी ४÷५ वर्ष अघि सानोतिनो ठेक्कापट्टा गर्थे । र, गुण्डागर्दी (झैभगडा) गरेको आरोपमा प्रहरीले पक्राउ पनि गरेको थियो ।

तिवारीको हत्यापछि पुनले विदेशी नम्बरबाट देवदहको एक स्थानीय व्यक्तिलाई फोन सम्पर्क गरेर तिवारी हत्या आफुले गराएको जानकारी दिएका थिए । फोन आउने समयमा उक्त व्यक्ति इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीसँगै थिए र सो संवाद डीएसपी मरासिनीले सुने ।

फोन आएको नम्बरको विषयमा प्रहरीले अनुसन्धान गर्दा उक्त फोन इन्टरनेटको प्रयोग गरी गरिएको पाइएको छ ।
–अनलाईन खबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ