Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रदेश बिभाजन विरुद्ध अर्घाखाँचीमा कांग्रेस माओवादीसहितको प्रदर्शन – Gaule Khabar

प्रदेश बिभाजन विरुद्ध अर्घाखाँचीमा कांग्रेस माओवादीसहितको प्रदर्शन

प्रदेश बिभाजन विरुद्ध अर्घाखाँचीमा कांग्रेस माओवादीसहितको प्रदर्शन

अर्घाखाँची,मंसिर २०-

 

५ नम्बर प्रदेशको सिमांकन हेरफेर गर्न लागिएको संविधान संशोधन प्रस्तावविरुद्ध अर्घाखाँचीमा पनि आन्दोलन चर्किएको छ ।

आन्दोलनको अग्रभागमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका स्थानीय नेताहरु समेत सहभागी भएका छन् ।

सोमवार सन्धीखर्कमा सर्वपक्षीय सभा गरी ५ नम्बर प्रदेशबाट तराई पहाड अलग गरिए स्वीकार नहुने चेतावनी उनीहरुले दिएका छन् । सभामा नागरिक समाज र उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यवसायिक संघ संस्थाहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

संविधान संसोधनको विरुद्ध माओवादीभित्रै बिद्रोह गरिरहेका नेता टोपवहादुर रायमाझीको जिल्ला अर्घाखाँचीमा माओवादी पार्टीनै आन्दोलनको अग्रभागमा रहेको छ । सोमवारको प्रदर्शनमा जिल्लाका गाउँ गाउँबाट समेत स्थानीय जनता सहभागी भएकाले स्थानीय प्रशासनले सुरक्षामा कडाई गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका