Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संगीतिक क्षेत्रमा पनि अब्बल बन्दै चितवन (भिडियोसहित) – Gaule Khabar

संगीतिक क्षेत्रमा पनि अब्बल बन्दै चितवन (भिडियोसहित)

संगीतिक क्षेत्रमा पनि अब्बल बन्दै चितवन (भिडियोसहित)

चितवन, पुस ५–

पछिल्लो समय हरेक क्षेत्रको लागि उर्बरभुमीको रुपमा चिनिँदै आएको चितवन सांगितिक रुपले पनि अब्बल बन्दै गईरहेको छ । एकपछि अर्को गर्दै चितवनका युवाहरु पनि सांगितिक क्षेत्रमा स्थापित भईरहेका छन् भने कोही चितवनको नामलाई नै देशभर चिनाउने प्रयासमा रहेका छन् ।

लामो समय देखी चितवनमा रहेर नेपाली सांगितिक क्षेत्रमा लागिपरेका गायक सुरज गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् । यसले पनि चितवनका युवाहरु सांगितिक क्षेत्रमा चालेको कदमलाई दह्रो बनाएको छ । दर्शक श्रोताको माया पाउने अपेक्षाका साथ गायक गुरुङको ‘जाडो साह्रो भो’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक स्वंयमको संगीत एवं सुरज र रामहरीको शब्द रहेको छ । विनय केटुको संगीत संयोजन रहेको गीतको भिडियोमा कलाकार एवं चर्चित सञ्चारकर्मीसमेत रहेका शिशिर भण्डारीले अभिनय गरेका छन् भने चितवन कै मोडल सुमन गुरुङ, सुरज किरण, श्याम आले लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चितवनमा नै छायाँकन गरिएको सो भिडियोमा चितवनका संचारकर्मी राजकुमार लामिछानेको छायाँकन रहेको छ भने कुमार शाहको निर्देशन रहेको छ । उता गायक गुरुङ गीतको शब्द पनि समय सापेक्ष भएकोले आफनो गीतले सबैको मन जित्नेमा विश्वस्त रहेका छन् । एकदशक अगाडी नै ‘लाउन त लाईदिए माया मैले’ बोलको गीत श्रोतामाझ ल्याईसकेका गायक सुरज आफनो नयाँ गीतलाई लिएर भने निकै उत्साहित देखिन्छन् ।

https://www.youtube.com/watch?v=e3A_f8cAds0

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका