दाईजो लिएर विवाह गर्न जाँदा ५० हजार जरिवाना

दाईजो लिएर विवाह गर्न जाँदा ५० हजार जरिवाना

अभिमनु कुमार पटेल,
रौतहट, पुस ५–
दाईजो प्रथा बन्द अभियान रौतहटले सोमबार एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफालाई ५० हजार जरिवाना गरि समाजिक कारवाही गरेको छ ।
कन्कपुर वार्ड नं ६ जंगलसहिया टोलका शेख ओकिलको १६ वर्षीय छोरी बचिया खातुनसँग राजपुर फरहदावा वार्ड नं ५ का शेख जाकिरले आफनो २२ वर्षीय छोरा शेख सकिलको विवाह गर्नका लागि २ लाख ५० हजार दाईजो लिएर विवाह गराउन जयन्ती लिई बिहानै कनकपुर जाँदा कारवाही गरिएको हो । दाईजो लिएको बारे जानकारी पाएपछि  समितिका सदस्य शेख दाउदले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई विवाह रोकेका थिए ।
विवाह रोकेपछि जिल्लाबाट प्रहरी गई समाजले रोक नमानेपछि बेहुला पक्ष, बेहुली पक्ष र मौगलाना माथि कारवाही गरि दाईजो लिएको रकम फिर्ता गराई बिना दाईजोको त्यही जयन्ती लिएर गएको केटो सँग विहे गराएको थियो ।
समाजमा दाईजो प्रथाले गर्दा महिला माथि दिन प्रति दिन बढदै गई रहेको घट्नालाई न्यूनीकरण गर्नको लागि दाईजो प्रथा मुक्त समाज बनाउने उदेश्यका साथ यो समिति अहिले सक्रिय छ ।
केही दिनअघि रौतहटमा मुस्लिम समाजका शिक्षित जिल्ला अगुवाहरुले प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला प्रहरी र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुका बैठक बसाई मुस्लिम समाजमा अब हुने विवाह गरिब वा धनी कुनै परिवारमा बिना दाईजाको विवाह गरिने, दाईजो दिने छोरी पक्ष वा लिने छोरा र विवाह गराउने मौगलाना समेतलाई कारवाही गरि जरिवान गर्ने निर्णय दाईजो प्रथा बन्द अभियान समिति गठन गरेको थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ