Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तिवारी हत्याकाण्डःरुपन्देही बन्द, हत्या आफूले गरेको भन्दै फोन गर्नेमाथि अनुसन्धान तिव्र – Gaule Khabar

तिवारी हत्याकाण्डःरुपन्देही बन्द, हत्या आफूले गरेको भन्दै फोन गर्नेमाथि अनुसन्धान तिव्र

तिवारी हत्याकाण्डःरुपन्देही बन्द, हत्या आफूले गरेको भन्दै फोन गर्नेमाथि अनुसन्धान तिव्र

रुपन्देही, पुस ५ –

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा मंगलबार रुपन्देहीमा बन्द आह्वान गरिएको छ । बन्दका कारण बुटवल र भैरहवामा गाडी चलेका छैनन् । बजार बन्द छ । कलेजहरुमा पढाइ भएको छैन । हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै युवा संघले रुपन्देही बन्दको आह्वान गरेको हो ।

इट्टा व्यवसायी समेत रहेका तिवारीलाई सोमबार दिउँसो साढे ३ बजे रुपन्देहीको खैरेनी नजिकै मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडी बस्नेले छातीमा गोली प्रहार गरेका थिए । तत्काल उपचारको लागि अस्पताल पुराएपनि तिवारीको देबदह मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

घटना लगत्तै स्थानीय २८ बर्षिय मनोज पुनले हत्या आफूले गरेको भन्दै स्थानीय केही व्यक्तीलाई टेलिफोन गरेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेका अनुसार घटना अपराधिक प्रकृतिको हो ।

प्रहरीको अभिलेखका अनुसार मनोज पुन ज्यान मार्ने उद्योग लगायतका ३ वटा घटनाका फरार अभियुक्त हुन् । सुरुमा तिवारी र मनोज साथी थिए । पहिला दुवै एमालेका कार्यकर्ता रहेका र पछि पुनलाई कारवाही भएपछि उनमा बढेको आक्रोस र आर्थिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

पुनले गरेको टेलिफोनका आधारमा उनी नेपालमा छैनन । तिवारी हत्यामा पुनले आफ्ना सहयोगी परिचालन गरेको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका