Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दोलखामा २३ विद्यालय बने, तीनसय ४३ टहरामै – Gaule Khabar

दोलखामा २३ विद्यालय बने, तीनसय ४३ टहरामै

दोलखामा २३ विद्यालय बने, तीनसय ४३ टहरामै

दोलखा, मंसिर २१–

विद्यालयको पुनःनिर्माण हुन नसक्दा दोलखाका ३४३ विद्यालयमा अध्ययनरत विद्यार्थी अस्थायी शिक्षण केन्द्रमा नै रहेका छन् ।

जिल्लामा ३६६ वटा विद्यालय रहेकोमा भूकम्प गएको १९ महिना बिते पनि हालसम्म २३ वटा मात्र विद्यालय निर्माण भएका छन् ।

जिल्ला शिक्षा कार्यालय दोलखाका अनुसार दोलखामा ३७० विद्यालय रहेकामा गाभिएर ३६६ विद्यालय कायम भएको थियो ।

विसं २०७२ सालको विनाशकारी भूकम्पले २६० विद्यालयलाई पूर्णक्षति पु¥यायो भने ११० विद्यालयमा आंशिक क्षति पुगेको थियो । लामो समयसम्म पनि विद्यालय पुनःनिर्माण हुन नसक्दा बालबालिका अझै अस्थायी सिकाइ केन्द्रमा बस्न बाध्य छन् ।

अहिलेसम्म जिल्लामा सरकारी अनुदानबाट कुनै पनि विद्यालय बनेका छैनन् । विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर ३६६ विद्यालयमध्ये २३ वटा विद्यालय बनिसकेको र १२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालयका प्रमुख नारायणकाजी काशिछवाले जानकारी दिनुभयो । काशिछवाका अनुसार २३ वटा विद्यालयका १४४ कक्षा कोठा निर्माणका लागि सिफारिस भइसकेको छ ।

पच्चीसवटा विद्यालय निर्माणका लागि एसियाली विकास बैंकले चासो देखाएको छ भने भारतीय राजदूतावासले १० वटा र चिनियाँ दूतावासले तीनवटा विद्यालय बनाउन सहयोग गर्ने बताएका छन् । बाँकी ३०८ विद्यालयका लागि मन्त्रालयमा नै अनुरोध गरेको जिल्ला शिक्षा कार्यालयले बताएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका