Gaule Khabar
सोमवार, साउन २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

  • admin
  • सोमवार, पुस ४, २०७३
अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं, पुस ४–

नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीसंग र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाओको नेतृत्वको टोलीले आज भेटवार्ता गरेको छ ।
भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा चीन भ्रमण गर्दा दुई देशका बीचमा सम्पन्न सम्झौता तथा सहमतिहरु कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ । प्रतिनिधिमण्डलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जिज्ञासा राखेको थियो ।
अध्यक्ष ओलीले नेपाल र चीनका बीचमा रहिआएको प्रगाढ सम्बन्ध कसैले चाहेर पनि भत्काउन नसक्ने स्पष्ट पार्दै आगामी दिनमा यसलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
उपमन्त्री येझाओले प्रतिनिधिमण्डलका नेता, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ स्वास्थ्यका कारण भेटमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउनुभएको थियो ।
भेटमा पार्टीका तर्फबाट उपाध्यक्ष भीम रावल, पोलिट्ब्युरो सदस्यद्वय महेन्द्रबहादुर पाण्डे र विष्णु रिमाल तथा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ