Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तिवारीको हत्यारालाई कारवाही गर्न एमालेको माग – Gaule Khabar

तिवारीको हत्यारालाई कारवाही गर्न एमालेको माग

तिवारीको हत्यारालाई कारवाही गर्न एमालेको माग

काठमाडौं, पुस ४–
नेकपा एमालले युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको हत्यारालाई तत्काल पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।
महासचिव इश्वर पोखरेलद्धारा आज साँझ जारी विज्ञप्तीमा हत्याको तीब्र भत्सर्ना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरुलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्न जोडदार माग गरिएको छ । युवा संघका अध्यक्ष तिवारीको आज अपरान्ह रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुईजना अपराधीले गोली हानी हत्या थिए ।
नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको जनाएको । देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण भएको एमालेले आरोप लगाएको छ ।

यस्तै एमालेले हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई आग्रह गरेको छ । यस्तै एमालेले हत्या अध्यक्ष तिवारी तिवारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन एवम् पार्टी र युवा पंक्तिमा गहिरो समवेदना प्रकट गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका