Gaule Khabar
मङ्लबार, मंसिर १३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

सुइरोमा मोहर बटुल्दै

  • admin
  • बिहिबार, मंसिर २३, २०७३
सुइरोमा मोहर बटुल्दै

चितवन, मंसिर २३–

गत असार २६ गते वातावरणमैत्री जिविसका रुपमा घोषणा भएको सो कार्यालयमा फोहर व्यवस्थापन गर्न डष्टविन राखिएका छन् । मिनरल वाटरका बोतलले भरिएका डष्टविन सहजै देख्न सकिन्छ । “कार्यालय परिसरभित्रको फोहरमैला व्यवस्थापन गर्ने काम जारी छ”, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले भन्छन्, “परिसरभित्र कुहिने तथा नकुहिने फोहरलाई वर्गीकरण गरेर संकलन हुँदै आइरहेको छ ।”
उनले नसड्ने प्लाष्टिकजन्य फोहरलाई पुनः प्रशोधन गर्न मिल्ने गरी व्यवस्थापनको काम सबैले थालनी गर्नुपर्ने बताए । उनले जिविसभित्र संकलन हुने प्लाष्टिकजन्य फोहरलाई सुइरो कार्यक्रमको सहयोगमा व्यवस्थापन गर्ने काम सुरुआत भएको बताए । सुइरो कार्यक्रम नारायणगढको व्यानरसहितको ई–रिक्सा बुधबार जिल्ला विकास समितिको परिसरमा त्यही उद्देश्यले पुगेको थियो ।
प्लाष्टिकजन्य वस्तुहरुको प्रयोगपछि पुनः प्रयोग गर्ने गरी फ्याँकिएका प्लाष्टिक संकलन गर्न चितवनमा सुइरो कार्यक्रम २०५९ सालदेखि अभियानका रुपमा क्रियाशील छ । आजको कायाकैरन दैनिकमा खबर छ । २०६४ सालमा सात वटा संस्थाको सहकार्यमा संस्था दर्ता भएपछि नियमितरुपमा संस्था क्रियाशील छ । सुइरो कार्यक्रमले गत चैतमा दुई लाख ९० हजार खर्चेर फोहर संकलन गर्ने ई–रिक्सा किनेको छ । “जम्मा भएको प्लाष्टिक तथा फोहर प्लाष्टिकहरु संकलन गर्न कार्यतालिका नै बनाएर हिड्ने गरेका छौं”, सुइरो कार्यक्रमका कर्मचारी रेशमलाल रानभाटले भने, “नारायणगढ बजार, अन्य टोलसुधार समितिमा तालिका अनुसार ई–रिक्सा फोहर उठाउन लाने गरेका छौं ।” उनका अनुसार दैनिक दुई क्वीन्टलसम्म प्लाष्टिकजन्य फोहर संकलन हुने गरेको छ ।
सुइरो कार्यक्रमलाई गतवर्ष भरतपुर उपमहानगरपालिकाले १७ हजार सुइरो वितरण गरी सघाएको थियो । सो सुइरो वडा नम्बर १० र ११ मा बाँडिएको थियो । अघिल्लो वर्ष नगरपालिकाले जम्मा तीस हजार बराबरको सहयोग गरेको थियो । १६ इन्च लामो १० गेजको मोटो सुइरोमा आधाकेजी प्लाष्टिक जम्मा गर्न सकिन्छ । “स–साना प्लाष्टिक संकलन गर्न समस्या अएपछि सुइरो कार्यक्रमको अवधारणा ल्याइएको हो”, प्लाष्टिक व्यवसायी संघ चितवनका संस्थापक उपाध्यक्ष रामप्रसाद गजुरेलले भने, “प्रशोधन हुने प्लाष्टिकका झोला सुइरोमा राख्ने संस्कार विकास हुन थालेको छ ।” उनले प्रत्येक घरमा कम्तिमा दुई वटा सुइरो पुर्याउन नसकिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ