Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
१३ वर्षीया छोरीले दिइन् आमालाई दागबत्ती – Gaule Khabar

१३ वर्षीया छोरीले दिइन् आमालाई दागबत्ती

१३ वर्षीया छोरीले दिइन् आमालाई दागबत्ती

रोल्पा, मंसिर २८ –

ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छन् ।

रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भइ हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो ।

श्रीमान् वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका तथा छोरो तीन वर्षकोमात्र रहेका कारण १३ वर्षीया छोरी कमला वलीले दागबत्ती दिएकी हुन् ।

धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्नसमेत नसकेपछि नेपाल महिला संघ रोल्पाको पहलमा अन्त्येष्टिका लागि आवश्यक सामान उपलब्ध गराइएको नेपाल महिला संघ, रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठले बताइन् ।

मृतक वलीको संरक्षकत्वमा उनकै अपांग नन्द बस्दै आएकी थिइन् । ‘उनको मृत्युपछि नाबालक रहेका तीन छोराछोरी र नन्दको बिचल्ली भएकाले सहयोगका लागि विभिन्न दातालाई आग्रह गरेका छौं’–श्रेष्ठले भनिन् ।

लामो समय सम्पर्कमा नरहेका उनका श्रीमान् पछिल्लोपटक भने सम्पर्कमा आइ छुट्टी मिलेपछि घर फर्कने बताएको पारिवारिक स्रोतले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका