Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नायिका प्रियंका कार्की हिन्दी विज्ञापनमा (भिडियो सहित) – Gaule Khabar

नायिका प्रियंका कार्की हिन्दी विज्ञापनमा (भिडियो सहित)

नायिका प्रियंका कार्की हिन्दी विज्ञापनमा (भिडियो सहित)

काठमाडौं,माघ २० –

नायिका प्रियंका कार्कीले हिन्दी विज्ञापनमा अभिनय गरेकी छन् । ई–टो नुडल्सको विज्ञापनमा अन्य कलाकार भने भारतीय नै छन् । विज्ञापनमा स्वर अराजकेशव गिरी र मोहित मुनालको छ भने प्रियंका कार्कीको पनि आफ्नै स्वर छ ।

विज्ञापन रेकर्ड नेपालमै गरिएको हो । वानेस्वरस्थित रियल टाइम स्टुडियोमा रेकर्ड भएको विज्ञापन आसिफ शाहले निर्माण गरेका हुन् । “विज्ञापन निर्माणका लागि भारतबाट टोली नै नेपाल आएको थियो,” अराजकेशवले भने ।

“नेपाली कलाकारले भारतीय विज्ञापनमा खेल्ने अवसर पाउनु हाम्रा लागि खुसीको कुरा हो,” अराजकेशवले भने, “यसले आगामी दिनमा पनि निरन्तरता पाउँछ भन्ने हाम्रो विश्वास छ ।”

मल्टिनेशनल कम्पनीका विज्ञापनमा नेपाली डविङ गराएर भारतीय बजारका लागि हिन्दीमा तयार गरिएको भिडियोलाई नै नेपालमा प्रयोग गरिरहेका बेला भारतीय बजारका लागि नेपाली कलाकार प्रयोग हुनु सकारात्मक भएको अराजकेशवले बताए ।

https://www.youtube.com/watch?time_continue=40&v=hJP4sNwSnSY

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ