Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माछाको मःम र थारुको परिकारले तान्यो दर्शक – Gaule Khabar

माछाको मःम र थारुको परिकारले तान्यो दर्शक

माछाको मःम र थारुको परिकारले तान्यो दर्शक

राजु चौधरी,
चितवन, पुस ४–

बफ मःम, चिकेन मःम र पछिल्लो समय केराको मःम खाने व्यक्ति कमै होलान् । पछिल्लो समय केराको मःम हरेक मेला महोत्सवमा आकर्षण बनिरहेको बेला अब माछाको मःम ले पनि आकर्षित बनाएको छ ।
सोमबार भरतपुरमा जारी दोस्रो चितवन मत्स्य महोत्सव–२०७३ हेर्न पुगेका भरतपुर–१२ का मणी न्यौपानेलाई पनि माछाको मःम ले आकर्षित गर्यो । स–परिवार मत्स्य महोत्सव हेर्न पुगेका न्यौपाने माछा मःम खानमा व्यस्त थिए । उनले भने–“अरुको मःम खाईयो, माछाको पहिलो पटक मःम खादैछु, निकै मिठो हुँदो रहेछ ।” उनी जस्तै थुप्रै दर्शकहरु सोमबार माछाको मःम र अन्य परिकार खानका लागि लामबद्ध भएका थिए ।
सोमबार महोत्सवको चौथो दिन दर्शकहरुको अत्याधिक चाप रहेको थियो ।

15628684_1464847590232569_346000390_o
महोत्सव हेर्न पुगेका जोकोहीलाई पनि माछाको परिकारले आकर्षित गर्दै थियो । माछाको मःम विक्री गर्न बसेका रत्न महर्जनले दर्शकहरुबाट माछाको मःम को अत्याधिक माग बढेको बताए । उनले जो कोही पनि माछाको मःम खाएर सन्तुष्ट भएर फर्किए बताए । विशेषगरि जलकपुर माछाबाछ मःम बनाईन्छ ।
महोत्सव हेर्न पुगेका दर्शकहरुलाई माछाको परिकारले मात्रै आकर्षित गरेन् । विशेष परिकार सहित स्टल राखेको थारु परिकारकाले पनि मोहित बनायो । सङवा महिला समूह खैरहनी नगरपालिका–१४ बडगाउँले राखेको स्टलमा थारु परिकारको स्वाद चाख्न पनि दर्शकहरुको उत्तिकै भीड थियो ।

15595480_1464847536899241_540465075_o
समूहकी अध्यक्ष विना चौधरीले विशेषगरि दर्शकहरुले चिचर र घोङगी परिकार बढि मन पराएको बताईन् । सोमबार सबैभन्दा बढि घोङगीको परिकार विक्री भएको उनले बताईन् । यसपटक यीनै परिकारहरुले मत्स्य महोत्सवको आकर्षण बनेको थियो ।

15628672_1464847840232544_820264906_o

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका