Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुई दर्जनभन्दा बढी गाडी प्रहरी नियन्त्रणमा – Gaule Khabar

दुई दर्जनभन्दा बढी गाडी प्रहरी नियन्त्रणमा

दुई दर्जनभन्दा बढी गाडी प्रहरी नियन्त्रणमा

रौतहट,पुस ४-

रौतहट प्रहरीले दुई दर्जनभन्दा बढी गाडी नियन्त्रणमा लिएको छ। कागजपत्र नभएका तथा चोरीको सवारी साधन हुन सक्ने आशंकको आधारमा प्रहरीले दुई दर्जन भारतीय गाडीहरु नियन्त्रणमा लिएर अनुसन्धान एवं कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

रौतहटमा निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीको लगत संकलन गर्ने क्रममा शंका लागेका दुई दर्जन गाडीलाई एक साताभित्र नियन्त्रणमा लिएर बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

मध्य तराइका जिल्लाहरु मध्ये रौतहटमा अत्यधिक संख्यामा भारतीय नम्बर प्लेटका चार पाङ्ग्रे र दुई पाङ्ग्र्रे सवारी साधनहरु स्थानीय बासिन्दाहरुले चलाउन थालेपछि स्थानीय प्रहरी प्रशासनलाई अपराध नियन्त्रण गर्न चुनौती थपिएको छ। जिल्लामा रहेका मोटरसाइकल र जिपहरुको नजिकका प्रहरी चौकीमा लगत राख्न अभियान सुरु गर्दा प्रहरीले चार ओटा बोलेरो, दुई ओटा मार्सल गरी चार पाङ्ग्रे ६ थान तथा दुई वटा नम्बर प्लेट नभएको र १८ भारतीय नम्वर गरी १८ थान भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए।

जिल्लामा प्रायः भारतीय नम्बरका सवारी साधनको प्रयोग गरी सीमापारीबाट अवैध सामान ओसारपसार गर्नेलगायतका अपराधिक कार्यलाई निरुत्साहित गर्न प्रहरीले चलाएको अभियानलाई स्थानीय बासिन्दाहरुले सघाउँदा उक्त सफलता प्राप्त भएको पासवानले दाबी गरे।

नियन्त्रणमा लिइएका दुई दर्जन सवारी साधनहरु प्रायः पुरानो भएको हुँदा करिब ३३ लाख मूल्य राखेर आवश्यक अनुसन्धान एवं कारवाहीका लागि मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयालाई सोमबार जिम्मा लगाएको उनले बताए। रौतहट प्रहरीले भारतीय नम्बरको चार र दुई पाङ्ग्रे सवारी साधन बुझाएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले स्वीकार गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका