Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मौलिकसहितको संस्कृति जगेर्ना उपप्रधानमन्त्री महरा – Gaule Khabar

मौलिकसहितको संस्कृति जगेर्ना उपप्रधानमन्त्री महरा

मौलिकसहितको संस्कृति जगेर्ना उपप्रधानमन्त्री महरा

ललितपुर, मंसिर २८ –

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले परम्परागतदेखि चल्दै आएको मौलिकसहितको संस्कृति जगेर्ना गर्नुपर्ने बताउनुभएको छ ।

किराँत राई यायोक्खाद्वारा आज यहाँ आयोजित साकेला उद्यौली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानभित्र हरेक समुदायले मान्दै आएको रितिरिवाजलाई सुनिश्चित गरिएको बताउनुभयो ।

दोस्रो संविधानसभाबाट जारी भएको संविधान कायान्वयनले मात्र सबै जातजातिले मान्दै आएको संस्कृतिको जगेर्ना हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “वर्तमान सरकारको प्रमुख उद्देश्य नै संविधान कार्यान्वयन हो,” उपप्रधानमन्त्री महाराले भन्नुभयो ।

मुलुकका विभिन्न क्षेत्रमा रहेका समुदायले परम्परागत रुपमा मान्दै आएका धर्म संस्कृतिको पहिचान गरी राज्यले मान्यता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यायोक्खाका अध्यक्ष ऋषिश्वर राईले किराँत, राई, लिम्बूले सदियौँंदेखि मान्दै आएको पर्वलाई जगेर्ना गरिनु आवश्यक भएको बताउनुभयो । “छरिएर रहेका मानिस एक ठाउँमा भेला भएर मनाउने यस पर्वको विशेष महत्व छ,” उहाँले भन्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका