Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रुपन्देहीमा युवा संघका अध्यक्षको हत्या : ‘मलेसिया छु’ भन्नेले लिए घटनाको ‘जिम्मेवारी’ – Gaule Khabar

रुपन्देहीमा युवा संघका अध्यक्षको हत्या : ‘मलेसिया छु’ भन्नेले लिए घटनाको ‘जिम्मेवारी’

रुपन्देहीमा युवा संघका अध्यक्षको हत्या : ‘मलेसिया छु’ भन्नेले लिए घटनाको ‘जिम्मेवारी’

बुटवल,पुस ४-

नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको छ। सोमबार दिउँसो साढे ३ बजेपछि नचिनेका मानिसहरुले गोली प्रहार गरी देवदह नगरपालिका वडा नम्बर ६ निवासी तिवारीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र घानुकका अनुसार देवदहमा इँट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा गोली प्रहार भएको हो।

गोली लागेर ढलेका उनलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उपचारका लागि काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएअनुसार मोटरसाइकलमा आएका दुई जनाले उनलाई गोली प्रहार गरेका थिए। झण्डै ९ महिनाअघि पनि उनीमाथि गोली प्रहार भएको थियो। दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँ तर्फबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ।

प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी

घटनापछि देवदह २ खैरेनी घर भइ हाल मलेसियामा रहेको बताउने मनोज पुन भन्ने व्यक्तिले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीलाई फोन गरेर आफूले हत्या गरेको बताएका छन्। उनले ठेक्कापट्टामा कुरा नमिलेकाले हत्या गरेको समेत बताएका छन्। आफूलाई देबदह २ खैरेनी घर र मनोज पुन नाम बताउने ब्यक्तिले टेलिफोन गरेर ठेक्कापट्टाको विषयमा दुःख दिएको र आफ्ना सहयोगीलाई पनि विभिन्न मुद्दामा फसाएकाले तिवारीको हत्या गरेको दावी गरेका छन्।

तिवारीसँगकै विवादका कारण आफू ५ महिनाअघि मलेसिया आएको पनि ती व्यक्तिले बताए। यसअघि पनि आफूले तिवारीलाई धम्क्याउन आफ्ना साथीहरु परिचालन गरेको उनले दावी गरे। आफ्ना साथीहरु अजय र शालिग्राम चापागाईंलाई चन्दा असुली र लागू औषध कारोबारको मुद्दामा तिवारीले फसाएका कारण बदला लिएको उनले बताए। म नेपाल आउन खोजिरहेका बेला ममाथि इन्काउन्टर गर्ने भन्ने कुरा सुनेँ त्यसैले यो कदम चाल्न बाध्य भएँ आफूलाई मनोज पुन बताउने ती व्यक्तिले टेलिफोनमा भने। आफूले तिवारीमाथि ९ महिनाअघिदेखि आक्रमण गर्न खोजेको बताउँदै उनले अहिले रुपन्देहीमा आन्दोलन भएकै बेलामा घटना हुनु संयोगमात्र भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका