उत्कृष्ट एजेन्ट साझेदारलाई आईएमई गरायो थाईल्यान्ड भ्रमण

उत्कृष्ट एजेन्ट साझेदारलाई आईएमई गरायो थाईल्यान्ड भ्रमण

काठमाडौं, पुस ४–

नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । २०७२ साल पौष देखि २०७३ साल असार सम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु उक्तm भ्रमणमा समेटिनु भएको थियो ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आईएमईसँग नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘ वेष्ट रेमिटेन्स कम्पनी अवार्ड – २०१६’ बाट सम्मानित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ