युवा संघ रुपन्देहीका अध्यक्षको हत्या बिरोधमा भोली लुम्बिनी अञ्चल बन्द

युवा संघ रुपन्देहीका अध्यक्षको हत्या बिरोधमा भोली लुम्बिनी अञ्चल बन्द

बुटवल,पुस ४-

अज्ञात समूहले गोली हानी युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिबारीको हत्या गरेको छ ।मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । देबदहको कोलियामा घटना दिउसो साढे तीन बजे भएको थियो ।उपचारार्थ देबदह मेडिकल कलेजमा लैजादै गर्दा उनको मृत्यू भएको अस्पतालले जनाएको छ ।हत्याको बिरोध र दोषीलाई कारबाही माग गर्दै भोली लुम्बिनी अञ्चल बन्द गर्ने युवा संघका केन्द्रिय सचिवालय सदस्य देवराज पोख्रेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ