Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्यार्थीहरुलाई स्वीटर र स्टेशनरी सामाग्री – Gaule Khabar

विद्यार्थीहरुलाई स्वीटर र स्टेशनरी सामाग्री

विद्यार्थीहरुलाई स्वीटर र स्टेशनरी सामाग्री

चितवन, पुस ४–

लायन्स क्लब अफ गोल्डेनले आज (सोमबार) एक कार्यक्रमका बीच भरतपुर ११, नौरङ्गे चितवनमा रहेको श्री नव जागृति राष्ट्रिय प्राथामिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर र खेलकुद सामग्री बितरण गरेको हो ।

विद्यार्थीहरुलाई सिर्जनशिल बनाउँदै उनिहरुको प्रतिस्प्रधात्मक क्षमता अभिबृद्धिका लागि खेलकुदका सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक मधु पोखरेलले बताए । भरतपुर उपमहानगरपालिका ११ नं वडामा विद्यालय रहेपनि अन्य विद्यालयको स्तर जस्तो नरहेको नरहेको र निम्न आर्थिक अवस्थाका विद्यार्थीहरुमात्र अध्ययन गर्ने भएकाले यो बिद्यालयकलाई सहयोगका लागि छानिएको क्लबका सचिब प्रकास अधिकारीले जानकारी दिए । लान्यस क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका गर्भनर एवं कार्यक्रमका प्रमुख अतिथि घनश्याम भट्टराईले बिभिन्न साजिक तथा मानबिय कार्य गर्दै आईरहेको क्लबले आज फरक प्रकृतिको कार्यक्रम गरेकोमा क्लबलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सिर्जनशिल सहयोग गर्न आग्रह गनुभयो ।

कार्यक्रममा लान्यस क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु क्षेत्र नं ३ का संयोजक भक्तीप्रसाद चालिसे, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा, लायन्स क्लब अफ चितवन चौतारीका अभ्यक्ष किशोर पौडेल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानबहादुर गुरुङ्ग, लगायतले मन्तब्य ब्यक्त गरेको कार्यक्रम क्लबका अध्यक्ष राजु पौडेल सभापतित्व सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका