Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनजाति महासंघमा काँग्रेस, एमाले र माओवादीको भिडन्त, कसले मार्ला बाजी ? – Gaule Khabar

जनजाति महासंघमा काँग्रेस, एमाले र माओवादीको भिडन्त, कसले मार्ला बाजी ?

जनजाति महासंघमा काँग्रेस, एमाले र माओवादीको भिडन्त, कसले मार्ला बाजी ?

चितवन, पुस ४–

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा जारी छ । शनिबारदेखि सुरु भएको महाधिवेशन अझै लम्बिने संकेत देखिएको छ । महाधिवेशनको आज तेस्रो दिउँसो सम्ममा दोस्रो चरणको बन्द सत्र सुरु हुन सकेन् । आईतबारराती अवेरसम्म चलेको बन्द सत्रमा महासचिव पेम्बा भोटे र कोषाध्यक्ष जगत बरामले आफ्नो प्रतिवेदन प्रस्तुत गरे । तर त्यो प्रतिवेदन माथि छलफल हुन सकेन् । आजको बन्द सत्रमा मात्रै प्रतिवेदन माथि छलफल हुनेछ । बन्द सत्रमा यी कुराहरुमा माहोल बनिरहेका बेला नयाँ नेतृत्वका लागि पनि महाधिवेशन स्थल नारायणी कला मन्दिरमा छुट्टै माहोल छ ।
नयाँ नेतृत्वका लागि जनजाति अगुवाहरुका अनुसार पहिचानबादी र पहिचान बिरोधीको दुई धार अघि सरेका छन् । अध्यक्षका लागि अहिलेसम्म सूर्य भुजेल, जगत बराम र नित्यानन्द ताजपुरिया देखिएका छन् । भुजेल एमाले, बराम काँग्रेस र ताजपुरिया माओवादी निकटका मानिन्छन् । सहमतीको प्रयासहरु भएपनि नयाँ नेतृत्व चुनावकै आधारमा हुनेछ छाटकाट देखिएको छैन् ।
स्रोतका अनुसार अध्यक्षमा ताजपुरिया नै अलि बढि बलिया देखिएका छन् । उनलाई आदिवासी जनजाति आन्दोलनमा विगतदेखि नै योगदान दिएका ताजपुरियालाई जिताउन पहिचानबादीहरु एक भएका छन् । उनलाई माओवादीसंगै संघीय समाजवादीलगायतको समर्थन रहेको स्रोत बताउँछ । यता एमालेबाटै किरात राई समुदायवाट सर्बधन राईले पनि अध्यक्षमा दावी गर्दै आएका छन् । माधव नेपाल पक्षधरका राईलाई मनाउने प्रयास भईरहेको बुझिएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीले भुजेललाई नै अध्यक्षमा अघि सार्न निर्देशन दिई सकेका छन् ।
एमालेका भुजेल अध्यक्ष केपी ओली निकट भएकाले पनि उनी अलि बलिया देखिएका छन् । यस्तै काँग्रेसका जगत बराम हाल महासंघका कोषाध्यक्ष हुन् । उनी पनि देशको पहिलो पार्टीको समर्थन पाएकाले बलिया देखिन्छन् । महासंघमा मतदानका लागि ५६ भोट रहेको छ । ५६ जातिय संगठनबाट एक/एक भोट रहने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका