Gaule Khabar
मङ्लबार, मंसिर १३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

मेसी र स्वारेजको गोलले बार्सिलोना दोस्रो स्थानमा उक्लियो

  • admin
  • सोमवार, पुस ४, २०७३
मेसी र स्वारेजको गोलले बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौं, पुस ४–

डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।
गएरातिको जीतसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी तीनमा छोट्याएको छ ।
बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई तथा लियोनल मेसी र जोर्डी अल्बा ले एक(एक गोल गरे। स्पानियोलका लागि लोपेज सिल्भाले एक गोल फर्काए।
खेलको १८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफ १–०ले अघि रहेको बार्सिलोनाका लागि ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि छोली २–०ले अघि बढ्यो। दुबै गोलका लागि मेसीले पास दिएका थिए ।
लगत्तै अल्बाले गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो। ७९ औं मिनेटमा सिल्भाले स्पानियोलका लागि एक गोल फर्काए। खेल ३–१को स्थितिमा आइपुग्यो। खेलको अन्तिम समियमा कप्तान मेसीले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो।
गएरातिको जितपछि बार्सिलोनाको १६ खेलबाट ३४ अंक भएको छ। एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड ३७ अंकसहित शीर्ष स्थानमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ