Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
छाउगोठमा निसास्सिएर १५ वर्षे किशोरीको मृत्यु – Gaule Khabar

छाउगोठमा निसास्सिएर १५ वर्षे किशोरीको मृत्यु

छाउगोठमा निसास्सिएर १५ वर्षे किशोरीको मृत्यु

काठमाडौं, पुस ४–

महिनाबारी हुँदा छाउपडी गोठमा सुतेकै अवस्थामा किशोरीले ज्यान गुमाएको एक महिना पुग्न नपाउँदै अछाममा अर्की किशोरीको छाउपडी गोठमै निसास्सिएर ज्यान गएको छ।
महिला तथा बालबालिका कार्यालयले सेभ दी चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी निवारण परियोजनाअन्तर्गत एक वर्षअघि छाउपडी गोठमुक्त गाउँ घोषणा गरिएको गाज्राकै छाउपडी गोठमा किशोरीको मृत्यु भएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
महिनाबारी भएको बेला छाउपडी गोठमा बसेकी गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाले शनिबार राति गोठमै ज्यान गुमाइन्। महिनाबारी हुँदा एक्लै गोठमा सुतेकी रोशनी आइतबार बिहान मृत अवस्थामा भेटिएको परिवारले जानकारी दिएको छ। यसअघि तिमिल्सेन–७ की डम्बरा उपाध्यायले केही साताअघि छाउपडी गोठमै ज्यान गुमाएकी थिइन्।
अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको मृतकका बुबा भरत तिरुवाले जानकारी दिए। ‘बेलुकी खाना खाएर राम्रैसँग सुतेकी हो, बिहान हेर्दा त मृत भेटिइन्’, बुबा भरतले भने्, ‘सुरुमा आमा गएर उठाउँदा नबोलेपछि मैले ढोका फुटाएको हुँ।’
शनिबार स्कुल बिदाको दिन भएकाले रोशनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन्। स्थानीय राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत उनी महिनाबारी भएको तीन दिन भएको परिवारले जानकारी दिएको छ।
घटनास्थल पुगेका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि २० फिट टाढा रहेको उक्त गोठ निकै साँघुरो रहेको र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर ज्यान गएको हुन सक्ने बताए। ‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने, ‘गोठभित्र पूरै धुवाँको मुस्लो भएपछि अक्सिजन कमीका कारण उनको ज्यान गएको हुन सक्ने सम्भावना छ।’
छाउपडी निवारण परियोजनाअन्तर्गत २०७२ असोज ९ गते गाज्रालाई छाउपडी गोठमुक्त घोषणा गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका