Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मत्स्य महोत्सवमा झुमे दर्शक – Gaule Khabar

मत्स्य महोत्सवमा झुमे दर्शक

मत्स्य महोत्सवमा झुमे दर्शक

चितवन, पुस ३–

चितवनको भरतपुरमा जारी दोस्रो चितवन मत्स्य महोत्सवको आज तेस्रो दिन आईतबार संगीतमय बन्यो । दर्शकहरुल राष्ट्रिय गायक रमेशराज भट्टराईलगायतको प्रस्तुतीले मोहित बनायो ।
महोत्सव अवलोकन गर्न पुगेका दर्शकहरुले माछाको स्वादसंगै राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्जन लिए । गायक भट्टराईसंगै आज लोकदोहोरी गायिका प्रिती आले, गायक दीपक खड्का, हास्यकलाकार दीपक थापालगायतको प्रस्तुती रहेको महोत्सव साँस्कृतिक संयोजक हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले भोली (सोमबार) चर्चित राष्ट्रिय लोकदोहोरी गायक पशुपति शर्मा, गायिका दुर्गा सापकोटा, गायक रमेशराज भट्टराई, दीपक खड्कालगायतको प्रस्तुती रहेको जानकारी दिनुभयो ।
भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा जारी महोत्सवमा दिनदिनै दर्शकहरुको उपस्थिति बढ्दै गएको प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो ।

fish 3rd day 1
महोत्सवको विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, बाल उद्यान, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको प्रस्तुती रहेको महोत्सवका संयोजक रमेश पाण्डेले जानकारी दिनुभयो ।
महोत्सवमा ४५ वटा स्टल रहेका छन् । महोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Fish 3rd day 2
नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा जारी महोत्सव पुस ५ गतेसम्म भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा चल्ने छ । ‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको कृषि राज्य मन्त्री राधिका तामाङले शुक्रबार समुद्घाटन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका