Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुनकोसी नदीमा जीप खस्दा ७ को मृत्यु, एक बेपत्ता, एक गम्भीर घाइते – Gaule Khabar

सुनकोसी नदीमा जीप खस्दा ७ को मृत्यु, एक बेपत्ता, एक गम्भीर घाइते

सुनकोसी नदीमा जीप खस्दा ७ को मृत्यु, एक बेपत्ता, एक गम्भीर घाइते

सिन्धुली,पुस ३-

काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप आइतबार दिउँसो रत्नावती गाविस–३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३ महिलासहित ७ जना रहेका छन् । बा १२ च ८८९७ नं को स्कारपियो जीप लोकमार्गबाट करिब दुई सय मिटर तल सुनकोसी नदीमा खसेको थियो । मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टिؘ–७ का ५० वर्षीय साङदोर्जे शेर्पा,  ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका अन्दाजी ४० वर्षका झपटबहादुर गुरुङ रहेका छन् । काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ । उनको घुर्मीमा रहेको जनसेवा अस्पतालमा मृत्यु भएको हो ।

मृतक अर्का एकजनाको सनाखत हुन नसेको प्रहरीले जनाएको छ । जीपमा सवार ९ जनामध्ये एकजना बेपत्ता छन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोककै दार्नर्बु शेर्पा रहेका छन् भने गम्भीर घाइते एक महिलाको उदयपुरको घुर्मीमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका