पपुवान्युगिनीको सैनिक विमान दुर्घटना, १२ को मृत्यु

पपुवान्युगिनीको सैनिक विमान दुर्घटना, १२ को मृत्यु

काठमान्डौं,पुष ३

इन्डोनेसियन सैनिक सवार विमान आइतबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

हर्कुलस सी १३० विमान टिमिकाबाट स्थानीय समय अनुसार आइतबार बिहान साढे पाँच बजे उडेको थियो र वामेनामा सवा ६ बजे अवतरण गर्ने बताइएको थियो ।

‘सो विमान बिहान ६ बजेर ८ मिनेट जाँदा अवतरणको तयारीमा थियो तर एक मिनेटमै सम्पर्कविहीन भयो,’ अधिकारीहरुले भनेका छन् ।

सो विमान पूर्वी क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा पर्ने लिसुवा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको इन्डोनेसियाको सेनालाई उद्धृत गर्दै सीएनएनको अनलाइन संस्करणले लेखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ