Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
को बन्दछैन् जनजाति महासंघको नयाँ अध्यक्ष ? – Gaule Khabar

को बन्दछैन् जनजाति महासंघको नयाँ अध्यक्ष ?

को बन्दछैन् जनजाति महासंघको नयाँ अध्यक्ष ?

सन्तकुमार चौधरी,
चितवन, पुस ३–

चितवनमा शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन अन्तरगत आज बन्द सत्र सुरु हुँदैछ् ।
नारायणगढस्थित नारायणी कलामन्दिरमा हुने बन्द सत्रमा तीन वर्ष अवधिमा गएिका क्रियाकलापको समिक्षा र भावी एजेण्डाको विषयमा वृहत छलफल हुनेछ ।
महाधिवेशनमा २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी भएको जनजाति महासंघका महासचिव पेम्वा भोटेले जानकारी दिनुभयो ।
यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । यसअघिको विधानमा १३ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर संघीयताकै खाकामा १९ सदस्यीय बनाउने तयारी भएको महासंघले जनाएको छ । पौष २ गतेदेखि पौष ४ गते सम्म चितवनमा महाधिवेशन चल्नेछ । महाधिवेशनमा महासंघको विद्यान संशोधन सँगै महासंघको भावि योजना र जनजाति आन्दोलनका उपलव्धीको विषयमा समेत छलफल हुने छ । छलफलबाट निस्कीएको निश्कर्षपछि चितवन घोषणा पत्र जारी गर्दै महाधिवेशन सकिनेछ । र तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

जनजाति महासंघको नयाँ अध्यक्ष को ?

यसपटक चितवनमा भईरहेको नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनबाट अध्यक्षपदका लागि तीनजनाले उमेद्वारी दिने चर्चा चलेको छ । किरात राई समुदायवाट सर्बधन राईले उमेदवारी दिने चर्चा छ भने, भुजेल समुदायवाट सूर्यबहादुर भुजेलले उमेदवारी दिने चर्चा छ । यस्तै नित्यानन्द ताजपुरियाले पनि यो पटक अध्यक्ष पदका लागि उमेदवारी दिने चर्चा छ । उहाँ ताजपुरिया समाजकल्याण परिषद नेपालबाट महासंघको अध्यक्षमा उमेदवारी दिने तयारी गर्नुभएको छ । यता सकभर सहमतिमा नयाँ नेतृत्व चयन गर्ने आन्तरिक तयारी भइरहेको जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमालले जानकारी दिनुभयो । यसपटकको नयाँ नेतृत्व चयन गर्दा पनि काँग्रेस, एमाले र अन्य पार्टीको प्रतिनिधिको रुपमा भिडन्त हुने देखिन्ज्छ । जुन आदिवासी जनजातिहरुको लागि घातक हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका