Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पृथ्वी प्रशंसामा गणतन्त्रवादी, पुस २७ गते सार्वजनकि विदा! – Gaule Khabar

पृथ्वी प्रशंसामा गणतन्त्रवादी, पुस २७ गते सार्वजनकि विदा!

पृथ्वी प्रशंसामा गणतन्त्रवादी, पुस २७ गते सार्वजनकि विदा!

काठमाडौं, पुस ३–

पृथ्वीनारायण शाह राष्ट्रनिर्मातासँगै मुलुकको प्रगति, अखण्डता र एकताका स्वप्नदर्शी रहेको विश्लेषण प्रमुख दलका प्रबुद्ध नेताहरूले गरेका छन् । पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा २९५ औं पृथ्वीनारायण शाह जयन्ती नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा आयोजना गरेको नेपाली राष्ट्रियता र राष्ट्र निर्माता शाहु विषयक कार्यक्रममा गणतान्त्रिक आन्दोलनमा सहभागी नेताहरूले समेत पृथ्वीनारायणमा स्टेटम्यानसिपु रहेकै कारण उनी नेपाल र नेपाली रहेसम्म सम्मानित राजा रहिरहने धारणा व्यक्त गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
नेताहरूले भने, ‘मुलुक अत्यन्त जटिल र कठिन स्थितिबाट गुज्रँदै गएको वर्तमान अवस्थामा स्टेटम्यानसिपको खडेरी छ ।’ मुलुक विदेशीको ठाडो हस्तक्षेपबाट अघि बढ्न लागेकाले राष्ट्रको रक्षार्थ परेमा संघीयता, राजतन्त्र र धर्म निरपेक्षतामाथि जनमतसंग्रहमा जान नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले सुझाए ।
माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफ्नो राजनीतिक सिद्धान्तले राजतन्त्र नमाने पनि पृथ्वीनारायण शाहकै एकीकरण अभियानद्वारा आज नेपाल र नेपालीको अस्तित्व रहेको बताए ।
वर्तमान राज्य व्यवस्थाले पृथ्वीनारायण शाहको सही मूल्यांकन गर्न नसकेको आरोप पनि लगाए उनले । पृथ्वीनारायण शाहको बखानसँगै राजतन्त्र र हिन्दु नेपालको आवश्यकता औंल्याउँदै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले आफ्ना पूर्वनेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्र विभाजनको खलनायकका रूपमा उभ्याए ।
‘गिरिजाको लाहाछापमा लादिएको संघीयता र धर्मनिरपेक्षताले मुलुक विभाजन गराउँदै सिंगो राष्ट्र र पृथ्वीनारायणप्रति कांग्रेसले गरेको ऐतिहासिक भूलले आफू कांग्रेस केन्द्रीय सदस्य हुँदा पनि कांग्रेस हुँ भन्न लाज लाग्न थालेको छ,’ खड्काले भने ।
४६ को परिवर्तनपछि राज्य बीपी कोइरालाको नीतिमा अघि बढ्न नसक्दा आज धराशायी भइरहेको दाबी उनको थियो ।
गणतन्त्र २०६२÷६३ को आन्दोनलमा नउठेको तर गिरिजाको लाहाछापमा आएका संघीयता र धर्मनिरपेक्षता स्वीकार्य नभएको भन्दै संघीयता, राजतन्त्र र हिन्दु राष्ट्रमा जनमतसंग्रहको माग खड्काले गरे ।
नेपालको अस्तित्व संकटमा आउनुका पछि आईएनजीओको हात रहेको उल्लेख गर्दै खड्काले भने, ‘आईएनजीओ नेपाल प्रवेश गराएर आन्दोलनमा नउठेका मुद्दालाई संविधानमा राख्ने कार्य प्रमुख दलका प्रमुख नेताबाटै भएको छ ।’
ुम पूर्वगृहमन्त्री पनि भएकाले तीन दलमा को–को विदेशी एजेन्ट छन् भन्ने कुरा बुझ्छु । यद्यपि अहिले उनीहरूको नाम सार्वजनिक गर्ने स्थिति भने छैन र त्यो दिन टाढा पनि छैन,ु उनले भने । ुविदेशीको डलर खाएर नेपाली नेपालीबीचको एकतामा खलल पुर्‌याउनेलाई जनताबीच दण्डित गर्नेुपर्ने पनि उनको धारणा थियो ।
ुसंघीयता, गणतन्त्र र धर्मनिरपेक्षता संविधानसभामार्फत छिराउने कार्य कांग्रेसले नै गरेको हो । ‘५१ प्रशितशत जनताले त्यसलाई स्वीकारेका छैनन् र व्यक्तिगत रूपमा मैले पनि स्वीकारेको छैनु, उनले थपे, ुमधेस र मधेसीलाई अल्मल्याउँदै राष्ट्रलाई अप्ठ्यारोमा पार्ने पनि गिरिजाप्रसाद नै हुन्।’
कार्यक्रममा एमाले नेता एवं सांसद लालबाबु यादवले पुष्पलाल, मदन भण्डारी, डा. बाबुराम र सीपी मैनालीले पृथ्वीनारायणको योगदानको चर्चा गर्दै लेखेका कृतिबाट आफू प्रभावित भएको बताएका थिए ।
‘शाहले राष्ट्रिय एकीकरणका लागि शक्ति प्रयोग गरेका हुन्, हाम्रा नेताहरू जस्तो पदीय हैसियत दुरुपयोग गरेर सुरक्षाकर्मीको प्रयोग गरेका होइनन्ु, उनले भने, ‘शाह सच्चा कम्युनिस्ट र डेमोक्र्याट भएकाले नेपाल सदाकाल सार्वभौम राष्ट्र हुन सफल भयो ।ु’
यादवले हाम्रा नेता र पार्टीहरूको स्वार्थका कारण आईएनजीओहरूले मुलुक ध्वस्त गरेको तर शाहले अढाइ सय वर्षअघि नै यसमा रोक लगाएको बताए ।
मालेका नेता चन्द्रप्रकाश मैनालीले शाहको प्रशंसा गर्दै उनले नेपालका लागि गरेको योगदान विश्वका कुनै पनि नेताबाट नभएको उल्लेख गर्दै शाहको सम्मानका लागि एकता दिवसमा सार्वजनिक बिदा दिन माग गरे ।
कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री रामशरण महतले पृथ्वीनारायण शाह एउटा लडाकु राजामात्र नभएर स्टेटम्यान पनि रहेको बताए । ‘उनी नेपालको एउटा सच्चा छोरा हुन् भन्ने कुरा स्वीर्कानैपर्छु’ –डा.महतले भने ।

‘पुस २७ मा बिदा’

भूमिसुधारमन्त्री विक्रम पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले भने, ‘त्यसका लागि मन्त्रिपरिषद्को बैठकमा विधि र प्रक्रियासम्मत रूपमा प्रस्ताव लैजानेछु ।’ उनले पुस २७ लाई एकता दिवस बनाउन प्रधानमन्त्री पनि सकारात्मक भएको अनुभव आफूले गरेको बताए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पृथ्वी जयन्तीको बिदा मन्त्रिपरिषद्को बैठकले नभएर गृह मन्त्रालयको एकल निर्णयमा काटिएको जनाउँदै बिदा काटिएको विषयमा आफूले मन्त्रिपरिषद्मै आपत्ति जनाएको स्पष्टीकरण दिएका थिए । त्यति बेला गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए ।
कार्यक्रममा उद्घोषकले केही सयमअघि बीबीसीमा अन्तर्वार्ता दिने क्रममा कांग्रेस नेता सिटौलाले पृथ्वीनारायण कोहो, आफूले चिनेको छैन भन्दै अपमान गरको विषय राख्दा उपस्थित सहभागीले ‘र’ को एजेन्टले चिन्नु आवश्यक छैन भन्दै नाराबाजी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका