Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टेकमाईण्डस् नेटर्वकले पायो नेटर्वक सर्भिस प्रोभाइडरको स्वीकृती – Gaule Khabar

टेकमाईण्डस् नेटर्वकले पायो नेटर्वक सर्भिस प्रोभाइडरको स्वीकृती

टेकमाईण्डस् नेटर्वकले  पायो नेटर्वक सर्भिस प्रोभाइडरको स्वीकृती

चितवन , पुष २
टेकमाईण्डस् नेटर्वक प्रा.ली.ले एन एस पी ( नेटर्वक सर्भिस प्रोभाइडर ) को स्वीकृती पाएको छ । यसअघि आइ एस पी ( इन्टरनेट सर्भिस प्रोभाइडर ) को सेवा मात्रै दिदै आएको टेकमाईण्डस्ले अबबाट नेटर्वक सर्भिस प्रोभाइडरको रुपमा पनी सेवा प्रदान गर्ने भएको छ ।

स्थापनाको १५ बर्ष पुगेको अवसरमा टेकमाईण्डस् नेटर्वक प्रा.ली.ले सौराहामा आयोजना गरेको दुई दिने सेल्स एण्ड सर्भिस पार्टनर भेलामा उक्त जानकारी दिइएको थियो । भेलामा टेकमाईण्डस्का प्रबन्ध निर्देशक कमलराज बास्तोलाले कम्पनीले अब आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन सजिलो हुने बताउनुभयो । पहिला हामी नेपाल भित्रका अन्य कम्पनीसँग निर्भर हुनुपथ्र्याे अब भने सिधै भारतबाट नेटर्वक ल्याउन स्वीकृती पाएका छौ उहाँले भन्नुभयो ।

भेलामा देशभरको ४४ जिल्लामा रहेका टेकमाईण्डस् सेल्स एण्ड सर्भिस पार्टनरहरुको सहभागिता रहेको टेकमाईण्डस् नेटर्वक प्रा.लीको पूर्वी चितवन इन्चार्ज यमन भुषालले जानकारी दिनुभयो । टेकमाईण्डस् नेटर्वक प्रा.लीको ग्राहकहरुले अब छिट्टै नै आइ पी टि भीको सेवा समेत पाउने भएका छन् । कम्पनीले अबको एक बर्षमा (आइ पी टि भी ) इन्टरनेटसँगै टि भी हेर्न मिल्ने सुबिधा ल्याउने तयारी गरेको कम्पनीको प्राबिधिक प्रमुख कमलराज पौडेलले बताउनुभयो । दुईदिने भेला आज सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका